काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले सत्ता सम्हालेदेखि हावा गफमा अल्मलिएको आरोप लगाएका छन्।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषले गरेको कार्यक्रममा पौडेल भने, ‘दुईतिहाई सरकारले १४ महिनासम्म कुनै पनि काम गर्न सकेन। हावा गफमा अलमलिएर समय खर्च गर्यो।’ सरकारलाई जनपक्षीय कार्य गरि झिनामसिना कार्यमा नअल्झिन उनले सुझाव दिए।
सञ्चयकोषमा रहेका सञ्चयकर्ताको पूजीँलाई उपयुक्त स्थानमा लगानी गर्न सुझाएका उनले भने, ‘देशमा पर्याप्त पैसा जम्मा भएर खुम्चिएर बसेको छ। तर हामी लगानी सम्मेलन गर्दैछौं र पैसा जुटाउँदै छौं।’
पेन्सन फन्डको जिम्मासमेत लगानी कोषले लिएसँगै रकमको व्यवस्थापन र सांगठनिक संरचना चुस्तदुस्त बनाउन सुझाब दिए।
लगानी कोषका प्रसासकीय प्रमुख तुलसीप्रसाद गौतमले पेन्सन फन्डका लागि अन्तिम तयारीमा पुगेको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।