मलेखु, धादिङ- प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लक्षित गरेर चुनाव बिथोल्ने गतिविधि सञ्चालन गर्न सक्ने भएकाले नेकपाका तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
नेकपाका रसुवा जिल्ला सेक्रेटरीका रुपमा रहेका धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका निवासी चेरोङ तामाङ, रुबीभ्याली गाउँपालिका निवासी टेकबहादुर तामाङ र सिद्धलेक गाउँपालिका निवासी मोहन घले पक्राउ परेका हुन्। निर्वाचनमा हुन सक्ने अराजक गतिविधि नियन्त्रणका लागि पक्राउ गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।