काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जनतामा परिवर्तनको अनुभूति हुने गरी काम गर्न जरुरी रहेको बताएका छन्।
अध्यक्ष दाहालले पूरानै कार्यशैली, नीति र योजनाले परिवर्तनबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धि जोगाउन नसक्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार काठमाडौंमा नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमबीचको एकता घोषणासभामा सम्बोधन गर्दै उनले नेपाल टेलिकमको कार्यक्षमता वृद्धि गर्न कर्मचारीको क्षमतावृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।
'पुरानै शैली र योजना अनुसार काम गर्ने शैलीमा कर्मचारीतन्त्रले परिवर्तन नगरेसम्म मुलुक अघि बढन सक्दैन,' अध्यक्ष दाहालको भनाई छ।
कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमको क्षमता अभिवृद्धिका लागि कामै गरेर देखाउन कर्मचारीलाई सचेत गराएका थिए।
उनले नेपाल टेलिकमलाई जापानको एक कम्पनी रणनीतिक साझेदारको रुपमा भित्रयाउन लागिएको पनि जानकारी दिए।
मन्त्री बास्कोटाले नेपाल टेलिकमको ऐन, कानुनलाई पनि समय सापेक्ष बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।