काठमाडौं- खोजी पत्रकारिताका लागि चर्चित विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन्। बिहीबार उनलाई बेलायतस्थित इक्वेडरको दूतावासबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनले ७ वर्षदेखि उक्त दूतावासमा शरण लिइरहेका थिए। उनलाई यौन दुर्व्यवहारको आरोप लागेको थियो। लण्डन सहरको मेट्रो प्रहरीले असान्जले अदालतमा आत्मसमर्पण गर्न अस्वीकार गरेकाले पक्राउ गरिएको बताएको छ।
इक्वेडरका राष्ट्रपति लेलिन मोरेनोले असान्जले अन्तर्राष्ट्रिय सन्धि उल्लंघन गरेका कारण उनको शरण फिर्ता लिएको बताएका छन्। तर, विकिलिक्सले भने यसलाई अस्वीकार गरेको छ।
‘अन्तर्राष्ट्रिय सन्धि उल्लंघनका नाममा इक्वेडरले गैरकानुनी रुपमा असान्जको राजनीतिक शरणलाई समाप्त गरेको छ,’ विकिलिक्सले ट्विट गरेको छ।
URGENT: Ecuador has illigally terminated Assange political asylum in violation of international law. He was arrested by the British police inside the Ecuadorian embassy minutes ago.https://t.co/6Ukjh2rMKD
— WikiLeaks (@wikileaks) April 11, 2019
४७ वर्षीय असान्जले दूतावास छाड्न अस्वीकार गर्दै आएका थिए।
आफूले दूतावास छाडे विकिलिक्सका गतिविधिमाथि प्रश्न उठाउँदै अमेरिकाले आफूमाथि कानुनी कारबाही चलाउने सक्ने दाबी उनले गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।