भद्रपुर– नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले देशलाई समृद्धितर्फको बाटोमा लैजान नेपाली कांग्रेस अपरिहार्य रहेको बताएका छन्।
प्रतिनिधिसभामा झापा–१ बाट उम्मेदवारी दिएका नेता शर्माले चुनावी प्रचारका क्रममा कांग्रेसले मात्र समृद्ध नेपालको सपना पूरा गर्न सक्ने दाबी गर्दै आसन्न चुनावमा कांग्रेसलाई जिताउन आग्रह गरे।
शर्माले आजसम्म नेपालको आर्थिक विकास सुस्त हुनुको कारण राजनीतिक अस्थिरता भएकाले बताउँदै त्यसको मूल कारक कम्युनिस्ट र दरबार भएको आरोप लगाए।
'कांग्रेस बाहेक कसैले जनताको आकांक्षा अनुरुप आर्थिक सामाजिक विकासको अभिभारा पूरा गर्न सक्दैन,' नेता शर्माले भने, 'कम्युनिस्टहरु फेरि राष्ट्रपतीय प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विवाद निकालेर राजनीतिक अस्थिरता नै ल्याउन खोजिरहेका छन्। उनीहरुले मुलुकलाई आर्थिक विकासतिर जानै दिँदैनन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।