काठमाडौं– राष्ट्रिय जनता पार्टी राजपाले बैशाख ४, ५ र ७ गतेका लागि पार्टी पंक्तिमा सर्कुलर जारी गरेको छ।
बिहीबार अध्यक्ष मण्डलका सयोजक शरतसिंह भण्डारीद्वारा जारी सर्कुलरमा ४ गते जिल्ला विस्तारित बैठक आयोजना गरिने उल्लेख छ।
'यस बैठकले सम्बन्धित जिल्लामा विद्यमान समस्याहरुको समाधान गर्न पहल गर्ने र त्यहाँबाट समाधान हुन नसकेका विषयलाई पर्यवेक्षक मार्फत केन्द्रमा पठाउन निर्देशन गरिन्छ', सर्कुलरमा भनिएको छ।
त्यस्तै, बैशाख ५ मा वृहद अन्तर्क्रिया गर्ने उल्लेख छ।
बैशाख ७ गते पार्टीको स्थापना दिवस मनाउनका लागि ४ गतेकै विस्तारित बैठकमा छलफल गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्न भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।