काठमाडौं– नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २६ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्न कमिटी गठन गरेको एमालेले जनाएको हो।
एमालेको परिचालन कमिटीमा अनुशासन विभागमा प्रमुख अमृतकुमार बोहोरादेखि पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, पूर्वगर्भनर डा युवराज खतिवडासम्म अटाएका छन्।
कमिटीमा बोहरा, फुँयाल, खतिवडासँगै मुकुन्द न्यौपाने, डा पुष्पराज कँडेल, विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल, डा विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की, सावित्रा भुसाल, लालबाबु यादव, रमेश सिलवाल, रुद्र नेपाल, रमेश बडाल, केदार सञ्जेल, बाबुराम दाहाल, डा सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहरा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।