काठमाडाैं- अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्र्सवादी-लेनिनवादी) ले नेत्रविक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउनका लागि पत्र पठाएको छ।
अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्र्सवादी-लेनिनवादी) का अध्यक्ष निक जीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, 'हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिबन्धलाई हटाइयोस्।'
पत्र २७ मार्च २०१९ मा पठाइएकाे हाे।
आपराधिक क्रियाकलाप गरेकाे भन्दै सरकारले विप्लव नेतृत्वकाे नेकपाका गतिविधिमाथि फागुन २८ मा प्रतिबन्ध लगाएकाे थियाे। साेपश्चात् प्रहरीले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिरहेकाे छ। हालसम्म ५० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।