जनकपुर- सिरहामा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ।
सिरहाको गोलबजार नगरपालिका ११ बल्कबामा ५० वर्षीय रामअवतार सदालाई सामान्य विवादपछि २० वर्षीय गोविन्द सदाले चिर्पटले टाउकोमा हिर्काउँदा उनको मृत्यु भएको हो।
मंगलबार रामअवतार आफ्नो घरमा सुतिरहेको बेला घरको छानोबाट टायल खसी टाउकोमा चोट पुग्दा र उपचारका लागि विराटनगर पठाएको भनी प्रहरीलाई स्थानीयले खबर गरेका थिए।
प्रहरी छानबिनका लागि घटनास्थल पुग्दा घरको टायल नभएर समान्य विवादमा गोविन्दले रामअवतारलाई सोमबार चिर्पटले हिर्काएको खुलेको छ। रामअवतारको बुधवार विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरी अनुसन्धानमा घटनामा संलग्न देखिएका गोविन्दलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गोलबजारकाे हिरासतमा राखिएको सिरहा प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।