काठमाडौं– काठमाडौंको तिनकुनेस्थित एनसिसी बैंकको शाखा कार्यालयमा रहेको एटिएम मेसिन फोडी चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापका १८ वर्षीय विशाल तामाङ रहेका छन्।
तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले एटिएम मेसिन फुटाउन प्रयोग गर्ने हतौडा १ थान, फलामको छिनो १ थान र मार्तोल १ थान समेत बरामद गरेको छ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।