काठमाडौं- नेपाली कांग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यले स्वर्गीय भुपि शेरचनलाई सम्झँदै कविता सुनाएका छन्।
काभ्रेमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले कविता सुनाएका हुन्।

आमसभामा सत्ताधारी नेकपाप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनले 'भुपि शेरचन जीवित भएको भए उनले अहिले यस्तो कविता लेख्थे होला।'
यसरी सुनाए उनले कविताः
ए हिजो मान्छे गिँड्दै,
रेलिङ तोड्दै हिड्नेहरु हो!
कुटोकोदालो, खन्ती अनि साभेल चलाएर त हेर
निर्माण गर्न झन् कति गाह्रो छ?
ए हिजो भ्रमका पुलिन्दा पस्किनेहरु हो!
कर बढाउन र भ्रष्टाचारमा मच्चिन छाडेर त हेर
जनताको दिल जित्न झन् कति गाह्रो छ?
ए हिजो शंख फुकेर महान् क्रान्तिकारी हुनेहरु हो!
(स्व. गिरिजाप्रसाद कोइराला सम्बोधन गर्न जाँदा प्रतिपक्षीले शंख फुकेको ठाउँको स्मरण गराउँदै)
मठमन्दिर, गुम्बा, चैत्य चहारेर त हेर
शान्ति पाउन झन् कति गाह्रो छ?
ए हिजो संविधानसँग सत्ता साट्नेहरु हो!
नारा लाउन त सजिलो छ,
अरुमाथि धारे हात लाउन त सजिलो छ,
हावा गफ गर्न त सजिलो छ,
संमृद्धि ल्याउन झन् कति गाह्रो छ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।