काठमाडौं– राष्ट्रिय जनता पार्टीले २९ गते सबै जिल्लाहरुमा प्रदर्शन गर्ने भएको छ।
'विभिन्न मागहरु पूरा गराउने उद्देश्यले दबाबस्वरुप २०७५ चैत २९ गते शुक्रबा सबै जिल्लाहरुमा प्रदर्शन र कोणसभा आयोजना गर्न निर्देशन गरिन्छ', शरतसिंहद्वारा हस्ताक्षरित जिल्ला अध्यक्ष मण्डलहरुका लागि गरिएको सर्कुलरमा भनिएको छ।
उसले ९ वटा मागहरु उल्लेख गर्दै पर्चा छापेर वितरण गर्न पनि निर्देशन दिएको छ।
यस्ता छन् मागहरुः
लाल आयोगगको प्रतिवेदन तत्काल सार्वजनिक गर।
संविधान संशोधनको माग पूरा गर।
रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरलाई तत्काल रिहा गर।
आन्दोलनकारी माथिको मुद्दा फिर्ता गर।
जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता प्रदान गर।
लाखौं नेपाली नागरिकलाई राज्यविहीन बनाउने षडयन्त्र बन्द गर।
भ्रष्टाचारी, कालोबजारी, महंगी, बेरोजगारी अन्त्य गर।
राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर।
राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द गर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।