• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय लोकसभा चुनाव : भाजपा बलियो कि कांग्रेस?

64x64
नेपाल लाइभ बुधबार, चैत २७, २०७५  १३:४५
1140x725

भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हुँदैछ। निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ। निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन्। टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ। तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन।  

तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन्। उनले अघिल्लो चुनावमा अघि सारेका कामहरुको लेखाजोखा गर्दैछन्। पहिलो निर्वाचनमा मानौँ कि भारतीय नेसनल कङ्ग्रेसकै कारण देशको विकास हुन नसकेको र भ्रष्टाचार मौलाएको टिप्पणी गर्ने मोदीको यो पूरा कार्यकाल के कसो भयो, उनका बाचाहरु के कति पूरा भए, विपक्षी कङ्ग्रेस र अरु दलमाथि उनले अघिल्लो निर्वाचनमा लगाएका आरोपहरु के कसरी प्रमाणित भए भन्ने हिसाब किताब अहिले जनताले मिडियामार्फत खोजिरहेका छन्। उनको कार्यकालको लेखाजोखा गर्दै जनताले सत्तामाथि औँला ठड्याइरहेका छन्।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले सरकार निर्माण गर्नेगरी सुविधाजनक बहुमत आउँछ कि आउँदैन? त्यस दलको मात्र बहुमत प्राप्त हुन नसके पनि भाजपाको सत्तारुढ गठबन्धनले सरकार बनाउन सक्छ या सक्दैन? यो दुवै अवस्था रहेमा सत्ता समीकरण कस्तो होला ? यिनै प्रश्नको वरिपरि जारी बहसमा चर्चाको केन्द्रमा भाजपा छ। अनि त्यस केन्द्रको पनि भित्री भागमा छन् प्रधानमन्त्री मोदी । अनि कतिपयले भाजपा एक्लैले बहुमत प्राप्त गरेमा या राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बहुमत प्राप्त गरेमा प्रधानमन्त्रीमा मोदी नै पक्का भनेका छन् भने केहीले यसप्रति केही संशय पनि राखेका छन्। 

तर विपक्षी कङ्ग्रेस पनि अरु विपक्षी दलहरुको एकीकृत प्रगतिशील गठबन्धन (युपिए) का साथ निर्वाचनमा होमिएको छ। उसले सरकार निर्माण गर्ने अवस्था आएमा प्रधानमन्त्रीका उम्मेदवार को हुन् भन्ने खोजी पनि व्यापकै छ। उक्त विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीका रुपमा अघि सारिएका तीनजना नेतामा राहुल गान्धी, ममता बनर्जी र मायावती रहेका छन्। तीमध्ये एकजनामा को भन्ने चाहिँ यकिन भएको छैन।

तर पहिलेको तुलनामा अहिले कङ्ग्रेसको गठबन्धन भने निर्वाचनको मुखमा आएर बलियो भएको महसुस गर्न थालिएको छ। कतिपय राष्ट्रिय स्तरका कलाकारहरु कङ्ग्रेसबाट निर्वाचन उठेका र छुवाछुत, जातीयता र हिन्दू कट्टरतासम्बन्धी प्रधानमन्त्री मोदी र भाजपाका कतिपय विवादास्पद अभिव्यक्तिहरुका कारण पनि कङ्ग्रेसका पक्षमा यो माहौल बन्न पुगेको जस्तो देखिएको छ। तर पनि अहिलेको निर्वाचन दलका आफ्ना मूल एजेण्डाहरु भन्दा पनि दलगत र व्यक्तिगत गालीगलौजमा ओर्लिएको देखिएको छ। यस निर्वाचनको यो अलग्गै अवस्था हो।     

भारतीय संसदको तल्लो सभा, लोकसभाका ५४५ मध्ये ५४३ सांसदका लागि हुने यस निर्वाचनमा करिब ९० करोड भारतीय मतदाता छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार यस पटकमात्र यहाँ करिब डेढ करोड नयाँ मतदाता थपिएका छन्। नेपाली मिति अनुसार भारतमा यही चैत २८ गतेदेखि शुरु हुने यस निर्वाचनको जेठ ५ गतेसम्म मतदान नै जारी रहन्छ। यो निर्वाचन सात चरणमा हुन लागेको छ। आगामी जेठ ९ गते (मे २३) मा निर्वाचनको परिणाम घोषणा हुने कार्यक्रम छ । सात चरणमा सम्पन्न हुन लागेको यस निर्वाचनको करिब ६ हप्ताको कार्यतालिका निर्वाचन आयोगले पहिल्यै सार्वजनिक गरिसकेको छ। 

मोदीका चूनौती 
प्रधानमन्त्री मोदीको भारतीय सत्ताको आरोहण ‘पहिले छिमेक नीति’बाट आरम्भ भएको हो। उनको परिभाषामा यसको अर्थ थियो भारत दक्षिण एसियाकै सबैभन्दा ठूलो देश भएकोले उसले कम्तीमा पहिला यस क्षेत्रलाई विश्वासमा लिनुपर्छ र अभिभावकको व्यवहार गर्नुपर्छ। त्यसका लागि छिमेकीसँगको सम्बन्ध राम्रो बनाउनुपर्छ। तर उनको यो नीति अर्को चुनावको सम्मुखमा आइपुग्दा पाकिस्तानमाथिको आक्रमणमा गएर टुङ्गिएको छ। यता भारतमा निर्वाचनको प्रचार जारी रहेकैबेला भारतले पाकिस्तानमाथि युद्धक विमानबाट हमला थालेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैले भारतका कुटनीतिक क्षेत्रका जानकारहरुले मोदीको विदेश नीतिको विश्लेषण यहीँबाट थालेका छन्। र त्यसलाई पछ्याउँदैछ नेपालमाथिको नाकाबन्दीले। नेपाल पनि भारतको सबैभन्दा नजिकको छिमेकी हो। तर मोदीकै कार्यकालमा नेपालले नाकाबन्दीजस्तो कूटनीतिको कठोर पराकाष्ठा व्यहोर्नुपरेको थियो। त्यो पनि मोदीको कार्यकालको विदेश नीतिको एक उदाहरणका रुपमा रहेकै छ।

तर पाकिस्तानमाथिको ‘एयर स्ट्राइक’ ले प्रधानमन्त्री मोदीलाई केही दिनमात्रको हाइहाइमा सीमित राख्न सक्यो। भारतको पुलवामामा गएको फागुन २ गते गरेको हवाई हमलाको जवाफमा भारतले पनि पाकिस्तानमाथि हवाई हमला गरेको हो। शुरुमा भारतले पाकिस्तानमाथि हमला गरेको देखियो र भारतभर मोदीको हाइहाइ भयो। तर केही दिनका भारतभित्र र अन्तर्राष्ट्रिय स्तरका विश्लेषणहरुको अध्ययन गर्दा लडाईँ पाकिस्तानले र त्यो भन्दा पनि प्रधानमन्त्री इमरान खानले जितेको देखियो। 

भनिन्छ, युद्ध हतियारभन्दा बढी मनले पनि जित्न सकिन्छ। पाकिस्तानी प्रधानमन्त्री खानले विश्व, पाकिस्तान मात्र त के कतिपय भारतीयकै पनि मन जितेको महसुस गरियो। यसरी चुनावको मुखमा पारेर भारतीय जनताको भावना जित्न मोदीले गरेको आक्रमणको तिर अहिले भाजपा र उनीतिरै फर्किएको देखिएको छ। यो आक्रमणले मोदीलाई मत नबढाउने निष्कर्ष धेरैको छ।

प्रधानमन्त्री मोदीले अघिल्लो निर्वाचनको प्रचारकाक्रममा आफू प्रधानमन्त्री भएमा भारतमा वर्षमा कम्तीमा एक करोड नयाँ रोजगारी सिर्जना गर्ने भनेकामा अहिले पाँच वर्षपछिको मूल्याङ्कनले देखाउँदैछ कि यो वर्षमा केही लाखमा मात्र सीमित रहेको छ। त्यस्तै पहिले कङ्ग्रेसको सरकारका समयमा मौलाएको भनिएको भ्रष्टाचारमा पनि अहिले उल्लेख्य कमी नआएको विश्लेषकहरुको भनाई छ। यसको प्रमाणका रुपमा उनीहरुले भारतले लोकपाल वर्तमान सरकारले ढिला गठन गरेकोलाई प्रस्तुत गरेका छन्। हुन पनि सरकारले वर्षौअघि गठन गर्नुपर्ने लोकपाल निर्वाचन घोषणाअघिको मन्त्रिपरिषदबाट गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मोदीका लागि अर्को सबैभन्दा ठूलो चूनौती राफेल विमान खरिद देखिएको छ। फ्रान्ससँग उक्त लडाकू विमान खरिद गर्दा भ्रष्टाचार भएको भनी सर्वोच्च अदालतमा मुद्दा छ। मुद्दाको फैसला निर्वाचनकै बीचमा आयो भने त्यसले भाजपालाई नै अप्ठेरोमा पार्नसक्ने देखिन्छ। अर्कोतर्फ किसानका समस्यामा कमी नआएको, उनीहरुले अहिले पनि आत्महत्या गर्ने गरेका विषयहरु सरकारप्रति प्रश्नका रुपमा उठेका छन्। यसरी मोदीसँग आगामी निर्वाचनका लागि कुनै पनि एजेण्डा नभएपछि पाकिस्तानमाथि हमला गरेको विश्लेषकहरुको भनाई छ। 

भाजपा र विशेषगरी मोदीमाथिको अर्को आरोप हो हिन्दू अतिवाद। यसबाट सबैमा भाइचारा र धार्मिक सहिष्णुताको बृद्धि गरेको नभई यसले झन् मानिसमा द्वेष कलहको विजारोपण गरेको बताइन्छ। उता प्रधानमन्त्री मोदीले पनि अरु धार्मिक सम्प्रदायका नागरिकलाई होच्याउने गरेको र कङ्ग्रेसलाई हिन्दू विरोधी क्रियाकलाप गरेको भन्ने गरेका छन् । विपक्षी कङ्ग्रेसलाई सधैँ गालीगलौज गर्ने गरेको उनीमाथिको अर्को आरोप छ। प्रतिपक्षी दल कमजोर भए पनि फकाएर र विश्वासका आधारमा काम लिनुपर्नेमा त्यसो नगरी सधैँ विपक्षीमाथि मात्र खनिने गरेको आरोप उनीमाथि छ। 

काँग्रेसका आरोप
प्रधानमन्त्री र भाजपासँग कुनै एजेण्डा नभएको भनिए पनि प्रमुख विपक्षी कङ्ग्रेस पनि विपक्षीको हैसियतभन्दा कमजोर अवस्थाबाट गुज्रिएको छ। अघिल्लो निर्वाचन पछि केही विधान सभाका निर्वाचनहरुबाट आफूलाई थोरै सुधारेको देखाएको भए पनि कङ्ग्रेसले पनि आसन्न निर्वाचनमा आफैँ या आफ्नो गठबन्धनले निर्वाचन जित्ने र सरकार निर्माण गर्न सक्ने अवस्था अहिले नै देखिँदैन। कङ्ग्रेस र उसको गठबन्धनले जितेमा प्रधानमन्त्री को हो भन्ने बारेमा अहिले नै स्पष्ट बाहिर आउन नसक्नुलाई पनि कङ्ग्रेसको कमजोर अवस्थाकारुपमा हेर्न सकिन्छ। 

पछिल्लो समय सोनिया गान्धीकी छोरी प्रियंका गान्धीको चर्चाले त्यहाँको निर्वाचन अभियानमा केही तताएको छ। त्यस्तै कतिपय चर्चित कलाकारहरु पनि कङ्ग्रेसबाट निर्वाचन उठ्नेमा दर्ज भएका छन्। यसको माहौल पनि त्यत्तिकै छ। तर पनि यत्तिले मात्र कङ्ग्रेसको पक्षमा माहौल बनाउन पूरै रुपमा सघाउँछ भन्न सकिँदैन। सोनियाको आकर्षण देखिए पनि राहुलको विश्वसनीय र परिपक्व चुनावी वातावरण बन्न सकेको देखिन्न। अनि नेतृत्वबाट भाजपाका विरुद्ध राष्ट्रलाई स्पष्ट र भरपर्दा नेतृत्व एवम् एजेण्डा दिनसक्ने जस्तो अहिले नै देखिँदैन। कङ्ग्रेसलाई सधैँ लाग्ने नै गरेका आरोपहरु जस्तो परिवारवादी, पुरातनपन्थी, हिन्दूधर्म विरोधी आरोप अहिले पनि लागेकै छ। जुन कुराहरु अहिले पनि भाजपाका एजेण्डा नै बनेका छन्। 

त्यसैले यी सबै माथिका अवस्था र परिस्थितिहरुको मिहिन विश्लेषण गरी हेर्दा भारतमा अहिलेको सत्ता राजनीतिमा आगामी निर्वाचनले आमूल परिवर्तन ल्याउँछ भन्न सकिँदैन। अहिले जे जस्ता प्रश्न उठेको भए पनि अर्काे नेतृत्वमा पनि भाजपाकै सम्भावना बढी देखिन्छ। तर पनि अहिलेको जस्तो स्पष्ट बहुमत नल्याए पनि सरकार निर्माण गर्नसक्ने सामान्य बहुमतमा भाजपाको गठबन्धन नै अगाडि देखिन्छ। जनसंख्या र भूगोलकै हिसाबले विश्वको ठूलो प्रजातन्त्र ठानिने भारतमा हुन लागेको यस आमनिर्वाचनको चासो भारतमा मात्र सीमित हुँदैन, यसको हारजितले सिङ्गो दक्षिण एसियालाई नै कुनै न कुनै रुपमा प्रभाव पार्न खोज्दछ। यसकारण पनि भारतको चुनावी चर्चा बढी नै हुने गर्दछ।

-रासस

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार, असोज २७, २०८३
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्