काठमाडाैं- नेपाली कांग्रेसकाे कार्य सम्पादन समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेता कृष्णप्रसाद सिटौला बुधबारको एक कार्यक्रममा एउटै मञ्चमा देखिने भएका छन्।
जील्ला कार्य समिति काभ्रेले भकुन्डेबेसीमा गर्न लागेको कार्यक्रमममा देउवा र सिटौलाले सम्बोधन गर्न लागेका हुन्।
पार्टी कार्यालय शिलन्यास गर्नका लागि दुई ध्रुवमा रहेका नेताहरु काभ्रे जान लागेका हुन्।
गत शुक्रबार देउवाले बोलाएको शीर्ष नेताको बैठकको बीचमै सिटौला बाहिरिएका थिए। २९ सदस्यीय कार्य सम्पादन समितिमा रहने सदस्यहरुको भागबन्डा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अनुकूल मिलाएपछि सिटौला दुबै समूहसँग टाढिएका छन्।
सोमबार देउवाले बोलाएको शीर्ष नेताको बैठक सिटौलाले बहिस्कार गरेका थिए। समिति गठनको प्रक्रियामा रहेका देउवालाई सिटौलाले सहमति जनाएका छैनन्।
सिटौला नजिकका एक नेताका अनुसार उनले देउवा र पौडेल पक्षका नेताले गरेको फोन पनि उठाउन छोडेका छन्।
काभ्रेमा हुने सभाका लागि सिटौला नजिकका युवा नेता प्रदीप पौडेल पनि जाने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।