काठमाडौं– भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन्।
छत्तीसगढका डीआइजी पी सुंदरराजले बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पार्टीका दन्तेवाडाका विधायक भीमा मण्डावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएका छन्।
एक स्थानीय अधिकारीका अनुसार त्यहाँको साप्ताहिक बजारमा विधायक मण्डावी चुनाव प्रचारका लागि पुगेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै घटनाको भर्सना गरेका छन्।
त्यहाँको दन्तेवाडा-सुकमा सडकमा भएको हमलामा र्यालीमा रहेको बुलेटप्रुफ गाडीमा ठूलो क्षति पुगेको देखिएको जनाइएको छ।
उक्त गाडी उछिट्टिएर दुई सय मिटर पर पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।