बीबीसी- दक्षिण कोरियाली पप ब्यान्ड ब्याक पिंकको नयाँ गीतले यसअघि सर्वाधिक बढी हेरिएको 'गंगनम स्टाइल' बोलको गीतको रेकर्ड तोडेको छ।
‘किल दिस लभ’ बोलको गीतलाई सबैभन्दा छोटो समयमा सार्वाधिक दर्शकले हेरेर अघिल्लो रेकर्ड तोडिएको हो।
उक्त गीतलाई ६२ घन्टामा १० करोड पटक हेरिएको छ।
यसअघि सार्वाधिक बढी पटक हेरिएको पपस्टार साईको कीर्तिमानी गीत गंगनम स्टाइलको रेकर्ड तोड्न ‘किल दिस लभ’ले मात्र ६२ घन्टा लियो।
यस्तो छ गीत
सो गीत युट्युबमा अपलोड भएको २४ घन्टामै ५ करोड ६७ लाख पटक हेरिएको थियो। गीतले एक दिनमा सबैभन्दा धेरै हेरिएको एरियाना ग्रान्डेको गीत 'थ्यांक यू'को रेकर्ड पनि तोडेको छ।
विश्वमा २४ घन्टाभित्र युट्युबमा सबैभन्दा धेरै हेरिएका गीतको सूचीमा निम्न गीतहरु रहेका छन्ः-
१) ब्लाक पिंकको किल दिस लभ - ५ करोड ६७ लाख पटक
२) एरियाना ग्रान्डेको थ्याक्यू – ५ करोड ५४ लाख पटक
३) बिटिएसको आइडल –४ करोड ५९ लाख पटक
४) टेलर स्विफ्टको लुक ह्वाट यू मेड टू मी – ४ करोड ३२ लाख पटक
५) एमिनेमको किल सट – ३ करोड ८१ लाख पटक
सन् २०१६ मा स्थापना भएको ब्लाकपिंक ब्यान्डले तयार पारेको गीत हो ‘किल दिस लभ’। सो ब्यान्डमा सबै सदस्य महिला रहेका छन्। जसमा जिसु, जेनी, रोज र लिसा रहेका छन्।
ब्यान्डले यसअघि सेप्टेम्बर २०१६ मा पहिलोपटक 'स्क्वाएर वन' नामक पहिलो एल्बम बजारमा ल्याएको थियो। जसले दक्षिण कोरियामा निकै लोकप्रियता कमाएको थियो।
ब्यान्डले पुनः सन् २०१८ मा 'डुडुडुडू' बोलको गीत बजारमा ल्यायो उक्त गीत पनि दक्षिण कोरियामा युट्युबमा सबैभन्दा धेरै पटक हेरिएको गीत बन्न सफल बन्यो।
यससँगै हालै आएर सार्वजनिक गरेको ‘किल दिस लभ’ गीतले भने युट्युब भ्युजका सबै रेकर्ड तोड्न सफल बनेको छ। गीतले कोरियामा मात्र नभएर असअघिका सबै रेकर्डहरू तोडेर विश्वव्यापी रूपमै कीर्तिमान कायम गर्न सफल भएको छ। ‘किल दिस लभ’ अंग्रेजी र कोरियन दुवै भाषामा हेर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।