काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपामा प्रवेश गर्नुपर्ने बताएका छन्।
विप्लव निकट युवा संगठनका नेता कार्यकर्तालाई मंगलबार आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले भने– मलाई लाग्छ, केही समयपछि विप्लव पनि यसरी नै आउनुपर्छ। अर्को कुनै विकल्प बाँकी रहने छैन।'
हामी आफैंले लडेर जे उपलब्धी ल्याएको हो, त्यसको रक्षा गर्ने, त्यसमा टेक्ने, समाजवादतिर अगाडि बढ्ने कुराको कुनै विकल्प नभएको प्रचण्डले बताए।
उनले नेकपा प्रवेश गरेका कार्यकर्तालाई उचित जिम्मेवारी दिने आश्वासन दिए। 'केही डर मान्नुपर्दैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।