काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गरेका छन्।
नेता सिटौलाले पार्टीभित्र विभाग गठनमा समेत भागबण्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भइरहेको बताए। जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इमान्दार, सक्षम व्यक्तिहरुलाई किनारामा राखेर आफ्नो पकेटका मान्छेलाई जिम्मेवारी दिने काम पार्टी नेतृत्वले गरेपछि पार्टीभित्र कसरी एकता हुन्छ? भनी प्रश्न गरे।
नेता सिटौलाले युवाहरु सक्षम र इमान्दार भए पनि पार्टी नेतृत्वले सधैं किनारामा पुर्याउने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे। उनले संवैधानिक आयोगहरुको नियुक्तिमा सरकारले संविधान र कानुन मिच्दा पनि त्यसको विरोधमा बोल्न नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना गरे।
नेता सिटौलाले पार्टीभित्र योग्यता र क्षमताको आधारमा जिम्मेवारी नदिएकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।