काठमाडौं– सोमबार सर्वोच्च अदालतद्वारा नागरिकता सम्बन्धमा गरिएको निर्णयप्रति राष्ट्रिय जनता पार्टी राजपाले ध्यानाकर्षण भएको जनाएको छ।
गृह मन्त्रालयले चैत १९ मा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय कार्यान्वयन गर्न निर्देशन जारी गरेको थियो। तर सर्वोच्चले उक्त निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
'संविधानको धारा ११ को उपधारा ३ को व्यवस्था विपरीत र यसअघि सर्वोच्च अदालतद्वारा नै जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन गरिएको आफ्नै आदेशको विरुद्ध लाखौं नेपालीलाई नागरिकताबाट वञ्चित गराई राज्य विहीन अवस्थामा पुर्याउने यसखाले आदेशले अत्यन्तै दुःखी र चिन्तित तुल्याएको छ', पार्टी अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मंगलबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलको बैठक बसेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।