काठमाडौं– राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक अहिले चलिरहेको छ
पार्टी कार्यालय बबरमहलमा जारी बैठकमा पार्टीको महाधिवेशनबारे छलफल केन्द्रित हुने पार्टी महासचिव केशव झाले जानकारी दिए। त्यसका अतिरिक्त फोरमसँगको पार्टी एकताको विषयमा पनि छलफल हुने उनले बताए।
गत असार पहिलो हप्तामा ३ दिनसम्म बसेको पार्टी पदाधिकारीको बैठकले ०७६ बैशाख ७ देखि ९ सम्मका लागि महाधिवेशनको मिति तय गरेको थियो। तर सो मितिमा महाधिवेशन नहुने भएको छ।
०७४ बैशाखमा ६ वटा पार्टी मिलेर राजपा गठन गरिएको थियो। त्यतिबेला एक वर्षभित्रमा महाधिवेशन गरिसक्ने बताइए पनि सम्भव भएको थिएन। पछि, दुई वर्षमा महाधिवेशन गरिसक्ने भनेर निर्वाचन आयोगमा नयाँ विधान बुझाइएको थियो। जसअनुसार, आगामी असारभित्र राजपा महाधिवेशन सम्पन्न भइसक्नपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।