• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

के गाउँले महिलाका लागि मोदी ‘सेक्स सिम्बोल’ हुन्?

64x64
नेपाल लाइभ मंगलबार, चैत २६, २०७५  ००:१०
1140x725

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो उर्जा, ओजस्वी भाषण तथा नेतृत्व क्षमताका लागि चर्चित मानिन्छन्। सन् २०१४ पछि सन् २०१९ को लोकसभा चुनावमा पनि आफ्नो नाममाथि मात्रै मत माग्ने मोदी एकमात्र भारतीय नेता हुन्।

उनको सन्देश स्पष्ट हुन्छ– मतदाताको मत उनका सांसदका लागि नभई सिधा नरेन्द्र मोदीका लागि हुन्छ। जुन चुनाव सांसद चुन्नका लागि हुन्छ, त्यसलाई मोदीले आफ्नो व्यक्तित्वको जादुले प्रधानमन्त्री चुन्ने चुनाव जस्तो बनाइदिए।

सन् २०१४ देखि यस्तो पनि चर्चा चलिहेको छ कि मोदीले चुनावमा गधालाई खडा गरे पनि जित्छ। उत्तर प्रदेश (युपी) विधानसभा चुनावताका पनि यस्तै चर्चा चलेको थियाे। जसमा जनतालाई उम्मेदवारका बारेमा थाहा थिएन, बस् मतदान मोदीका लागि गर्नु थियो। यी मतदातामा केवल पुरुष मात्रै थिएनन्, महिला पनि थिए।

प्रश्न उठ्छ- यति शक्तिशाली व्यक्ति महिलाका नजरमा कस्ता छन्?

हरियाणाको रेवाडीकी सुनिता मतदानका सम्बन्धमा स्पष्टरुपमा भन्छिन्– भोट त मोदीलाई नै दिन्छु। उनका साथ उभिएकी अरु महिला पनि हाँस्दै यसै भन्छन्। मोदीसँग बिहेबारेको प्रश्नमा महिला हाँस्न थाल्छन्। एक महिला भन्छिन्, 'यो जन्ममा कहाँ सम्भव छ र उनीसँग बिहे गर्न?'

उनीसँगै रहेकी एक महिला गम्भीर भएर भन्छिन्, 'मोदी सबैलाई ठीक गरिदिन्छन्, किन बिहे नगरौं?' मोदीको ‘एंग्री स्ट्रोङ म्यान’वाला इमेजमाथि यी महिला थप्छिन्, 'मर्द यस्तै नै हुनुपर्छ। उचित ठाउँमा उठ्ने रिस त पुरुषको शोभा नै हो। महिलाको जस्तै नरम स्वभाव भएका पुरुष ठीक लाग्दैन।'

'मारपिट त गरेनन्, रक्सी त पिएनन्, बिहेमा किन समस्या?'

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि नरेन्द्र मोदीको बिहेको विषयलाई लिएर धेरै चर्चा हुने गरेकाे छ। जसोदा बेनको नाम यदा–कदा उठिरहन्छ। तर, सुनिता र उनकी साथी महिलाका लागि यो खासै ठूलो विषय होइन। उनी भन्छिन्, 'यसमा के खराबी छ? सँगै रहेनन् त अलग भए। मारपिट त गरेनन्? रक्सी त पिएनन्? घरमा दोस्राे महिला त लगेनन्?'

महिलाको यही जवाफलाई लिएर हरियाणाका मानवअधिकारकर्मी दीपिका नारायण भारद्वाजसँग कुराकानी गर्दा उनकाे जवाफ थियाे, ‘नरेन्द्र मोदी अब एकल हुन्। साथै उनको धेरै पहिले भएको बिहेलाई लिएर प्रश्न उठाउनु उचित हुँदैन। कुनै पनि हिसाबले यो बिहे टुट्न सक्थ्यो। महिलाले यसरी मोदीका बारेमा सोच्नु स्वभाविक हो। हरियाणामा त समान्यतयाः यसलाई राम्रै मानिन्छ।’

बिहारको सासारामकी कञ्चन मोदीको बिहेबारेको प्रश्नले हाँसेर लाजले भुतुक्कै हुन्छिन्। उनी भन्छिन्, 'उमेरको फरक धेरै छ। थोरै कम हुन्थ्यो भने कसले बिहे गर्दैन्थ्यो?'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कञ्चनकी महिला साथी पनि हाँस्छिन् र कञ्चनलाई ‘नरेन्द्र मोदीकाे बो’ भनेर चिढ्याउन लाग्छिन्। बिहारको भोजपुरी भाषा बोलिने यस क्षेत्रमा पत्नीलाई उसको पतिको नामको अघि ‘बो’ लगाएर बोलाइन्छ। उदारणका लागि कुनै राकेशकी पत्नीलाई ‘राकेश बो’ भनेर बोलाइन्छ।

'जो अपराधीलाई मिनेटमै ठीक गरिदिन्छन्'

कञ्चन भन्छिन्, 'यस्तो पति कसलाई राम्रो नलाग्ला, जो ठूला–ठूला मान्छेलाई धम्काएर कुराकानी गर्छन्, जो अपराधीलाई मिनेटमै ठीक गरिरिन्छन्।'

उनी आफ्नो गाउँ पञ्चायतको उदाहरण दिँदै भन्छिन्, 'यदि मोदी मेरा पति हुन्थे भने के गाउँ पञ्चायतमा हाम्रो काम पन्छाउथे?' कञ्चनका अनुसार मोदी प्रधानमन्त्री नभई किसान पति हुन्थे भने पनि पञ्चायतकाे काम पन्छाउन सक्दैनथे। उनका साथमै रहेकी महिला उनको भनाइमा सहमति जनाउँछिन्।

मत कसलाई दिने भन्नेबारे भने उनीहरुको फरक–फरक मत थियो।

'माेदी राजाजस्तै देखिन्छन्'

युपीको आजमगढकी कविता बताउँछिन् कि मत अखिलेशलाई दिनेछिन्। तर नरेन्द्र मोदीको भने प्रशंसा गर्छिन्। उनी भन्छिन् कि 'यी मान्छे सधैं सफा देखिन्छन्, कुनै राजा सरह। हिँडाइको शैली पनि मर्दको जस्तै छ'।

'कमसेकम सम्बन्ध विच्छेद गर्नुपर्थ्याे', मोदीको बिहेबारेको प्रश्नमाथि उनी भन्छिन्, 'कमसेकम मारपिट त गरेनन्। शान्तिपूर्वक अलग हुनुमा के खराबी? कमसेकम उनकी पत्नि खराब हालतमा त छैनन्।'

उनलाई लाग्छ आफ्नाे अवस्थाबारे पतिबाट अलग्गिएकी महिलालाई मात्रै थाहा हुन्छ। समाज कहिल्यै पनि बुझ्दैन कि उनको मनमा के गुज्रेको हेला?

मध्य प्रदेशकी सञ्जुलाई पनि नरेन्द्र मोदी बिहेका लागि उपयुक्त व्यक्ति हुन्। हामीले के तपाईं मोदीसँग बिहे गर्नुहुन्छ भनेर सञ्जूसँग सोध्यौं। उनकाे जवाफ थियो- नाइ। कारण उनी यसअघि नै विवाहित हुन्। ‘बिहे नभएको हुन्थ्यो भने गर्नुहुन्थ्यो?’ भन्ने प्रश्नलाई भने उनले हाँसेर टारिदिइन्।

यो सम्झनलायक कुरा हो कि भारतीय समाजमा बिहे कैँयौं जन्मका लागि बन्धन जस्तै मानिन्छ। बिहेपछि बिहेअघि कसैलाई मन पराउँथे भन्नु कठिन कुरा पनि हो।

बिहे या 'क्याजुअल अफेयर'?

धेरै महिला मोदीको शक्तिशाली व्यक्तित्वलाई लिएर प्रभावित भएको देखियो। उनीहरु मोदीसँग बिहे गर्नका लागि केही समान गुण देख्छन्–

१. प्रभावशाली र आत्मविश्वासी
२. सफा पहिरन
३. सबैलाई ठीक गर्ने क्षमता
४. खराब मान्छेविरुद्ध एक्सन लिने क्षमता
५. आफ्ना लागि केही लोभ नभएको

बिहेका लागि मोदीको कुन गुणले समस्या सिर्जना गर्ला त? यसको भने रोचक जवाफ पाइयो–

१. आवश्यकता भन्दा बढी व्यस्त
२. पैसा जम्मा गर्न नजान्ने
३. कहिले छोडेर जान्छन् पत्ताे नहुने
४. आवेगले कहिलेकाहीँ समस्या सृजना गर्न सक्छ

संयुक्त परिवारका यी महिलासँग यौन साथीका बारेमा बुझ्न सकिँदैनथ्याे। किनकि जवाफ मिल्दैनथ्याे।

पृतिसत्तात्मक समाजका महिलालाई शक्तिशाली व्यक्ति मन पर्ने सम्भावना हुन्छ, किनकी उनीहरु त्यही तरिकाबाट हुर्किन्छन्।

बनारसकी कलेज विद्यार्थी पुनम भन्छिन्, ‘नरेन्द्र मोदीसँग बिहे भए सधैं लडाइ हुनसक्छ। पहिले त उनले ‘भाइ या बहिनी’बाट आफ्नो भनाइ सुरु गर्लान्, जो कोही कसैले पनि सहँदैन। कसैको कुरा नसुन्नेसँग कुरा गर्नुको के फाइदा? अब कोही सुन्नका लागि मात्रै त बिहे गर्दैन होला।’

एक ‘क्याजुअल अफेयर’बारे पुनम भन्छिन्, 'यो ‘एक्साइटिङ’ हुनसक्छ।’

प्रधानमन्त्रीका याेजनाले महिला प्रभावित

मनोवैज्ञानिक चिकित्सक अश्ना गुप्ता प्रधानमन्त्रीका योजनाले यस्ता कुरामा धेरै प्रभाव पार्नसक्छ। उनी भन्छिन्, ‘घरमा छत हालिदिने, ग्याँस सिलिन्डर तथा महिलासँग जोडिएका योजनाले महिलासँग भावनात्मक मिलनलाई सजिलो बनाइदिन्छ। एक परम्परागत गाउँले महिला आफ्नो पतिका रुपमा यस्तो मानिस खोज्छन्, जो उनीहरुको सुरक्षा दिन सकोस्।’

प्रधानमन्त्री नरेन्द्र मोदीको कंगना रनौत, अनुष्का शर्मा, प्रियंका चोपडा, आलिया भटदेखि इभान्का ट्रमका साथ भएको तस्बिर सार्वजनिक भयो। प्रधानमन्त्री यस्ता कुनै मौका खेर जान दिँदैनन्, जसमा कुनै सेलिब्रिटिभन्दा बढी आफू सेलिब्रिटी देखियोस्। यस्ता तस्बिरमा मोदी सहज देखिन्छन्। खुलेर कुरा गर्न सक्छन्।

देशका विभिन्न भागमा महिलाका विभिन्न मत होलान्, तर आफ्नो व्यक्तित्वका भरमा प्रधानमन्त्री नरेन्द्र मोदी लगभग हर ठाउँ पुग्नमा सफल भएका छन्। निश्चित रुपमा महिला उनीमाथि सकरात्मक या नकरात्मक धारणा राख्न सक्छन्।

(आलेखमा उल्लेखित नाम परिर्वतन गरिएका हुन्। 'दि प्रिन्ट'का लागि जोति यादवले तयार पारेको यस आलेखलाई रामकुमार डिसीले अनुवाद गरेका हुन्)

प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  ००:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको... सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्