दाङ- सञ्चारकर्मी केएल पीडितले निर्माण/निर्देशन गरेको कमलरी विषयवस्तुको फिल्म ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ। यो फिल्म सबै उमेर समूहका दर्शकहरुले हेर्न सक्नेछन्।
नेपालको पश्चिमी जिल्लाहरुमा थारु समुदायमा विगतमा प्रचलित कमलरी प्रथामा आधारित लावाजुनीमा कमलरी बस्दा थारु बालिकाहरुले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रणका साथै उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्त ढंगमा उठाइएको छ। ‘पहल नेपाल’को ब्यानरमा निर्माण गरिएको फिल्ममा छविलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वली लगायतका कलाकारको अभियनय छ।
सन्तोष श्रेष्ठको संगीत रहेको फिल्मका गीतहरुमा कोमल वली, कुलानन्द गिरी, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र याङ्शु श्रेष्ठले स्वर दिएका छन्।
फिल्मका कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन्। लावाजुनीलाई देश तथा विदेशमा च्यारिटी शो गरी हलहरुमा रिलिज गरिने कार्यकारी निर्माता बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।