काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गुप्तचर सेवाका निर्देशक राँडोल्फ एलेसलाई पदच्युत गरेका छन्। एलेस सोमबार पदबाट हटाइएका 'होमल्यान्ड सेक्युरिटी' विभागका अधिकारीमध्ये एक हुन्।
आइतबार विभाग सचिव किर्स्टजेन निएल्सनले अमेरिका–मेक्सिको सीमामा देखिएको तनावका सम्बन्धमा लगातार दबाब महशुस भएको भन्दै राजीनामा दिएकाे भेलिपल्टै एलेसलाई पदच्युत गरिएको हो।
सन् २०१७ देखि दर्जनौं उच्च अधिकारीहरु पदच्युत भएका छन्। राष्ट्रपति कार्यालय व्हाइटहाउसले पनि एलेस पदच्युत भएके पुष्टि गरेको छ। तर, के कारणले उनी पदबाट निकालिए भन्ने स्पष्ट पारिएको छैन।
ह्वाइटहाउस प्रेस सचिव सारा स्यान्डर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो २ वर्षमा एलेसले आफ्नो पदमा रहेर कुशल कार्यसम्पादन गर्नुभयो। उहाँले देशका लागि गर्नुभएको ४० वर्षभन्दा बढी सेवाको लागि राष्ट्रपतिले अभार प्रकट गर्नुभएको छ।'
उनका अनुसार आगामी मे महिनाबाट गुप्तचर सेवाविज्ञ जेम्स मुर्रेले एलेसको स्थान लिनेछन्।
एलेसले विभाग सचिव निएल्सनलाई राष्ट्रपति ट्रम्पबाट आफ्नो हितबमेजिम काम गर्न लगातार दबाब सामना गर्नुपरेको ब्रिफिङ गरेका थिए। त्यसमाथि राष्ट्रपति ट्रम्पले पनि सीमा सुरक्षामा नियल्सनले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।