• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

के हो डायबिटिज ? जोगिन के गर्ने ?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २२, २०७४  १९:२८
1140x725

निष्क्रिय जीवनशैली र अव्यवस्थित खानपानका कारण शरीरमा सुगरको मात्रा बढ्छ । जसले शरीरका अन्य अंगलाई प्रभावित पारी विभिन्न समस्या निम्त्याउँछ ।  दक्षिण एशियाका नागरिकहरू डायबिटिजको उच्च जोखिममा रहेको विभिन्न अध्ययनले देखाइसकेका छन् । त्यसैले यसबाट नेपाली पनि अछुतो रहने कुरै भएन । विशेषगरी पछिल्लो समय बढ्दो शहरीकरण र व्यस्तताले नेपालीलाई पनि यो समस्याले गाँज्दै लगेको देखिन्छ । यसैसन्दर्भमा हामीले वीर अस्पतालको डायबिटिज तथा इन्डोक्राइनोलोजी युनिटका डाक्टरहरूलाई सोध्यौं– नेपालमा डायबिटिजको अवस्था कस्तो छ ? यसको कारण र न्युनिकरणका उपाय के हुन् ? युनिटमा कार्यरत डाक्टरहरू डा. मनिल बज्राचार्य, डा. बुद्ध कार्की, डा. अलर्क देवकोटा ‘रजोरिया’ र डा. दीपक मल्लसँग कुराकानी गरी तयार पारिएको सामग्री ।

के हो डायबिटिज ?

डायबिटिजलाई टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । टाईप वान इन्सुलिन हर्मोनको अत्यधिक कमीले हुने समस्या हो । टाइप टुमा इन्सुलिनको कमीका साथै त्यसले प्रभावकारी रुपमा काम गर्न नसक्ने हुन्छ । यी दुवै कारणले डायबिटिजको समस्या भइरहेको हुन्छ । अहिले धेरै देखिने गरेको डायबिटिज टाइप टु हो । यो जीवनशैलीका कारण हुने गर्छ ।

इन्सुलिनले शरीरमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । यो प्याङ्क्रियाज भन्ने ग्रन्थीबाट उत्पादन हुन्छ । टाइप वानको समस्यामा हर्मोन नै उत्पादन हुँदैन भने टाईप टु मा भने हर्मोन उत्पादन भएपनि त्यसले काम गर्न नसक्ने समस्या देखापर्छ । यी दुवै समस्याले रगतमा सुगरको मात्रा बढ्छ ।

टाईप वान वंशााणुगत हो । कतिपयलाई बाल्यावस्थामा देखा पर्छ । कतिपय किशोर र युवाहरूमा पनि यस्तो समस्या देखिन्छ । कतिपयले भने भाइरस इन्फेक्सनका कारण पनि टाइप वान डायबिटिज देखा पर्ने बताउँछन् । उपचारको दृष्टिकोणबाट हेर्दा टाईप वान कठिन हुन्छ । किनकि बिरामीलाई सामान्य अवस्थामा राख्न नियमित रुपमा इन्सुलिन दिनुपर्ने हुन्छ । यसमा बिरामीलाई इन्सुलिनले नै बचाउने हो ।

दोस्रो प्रकारको डायबिटीज भने मानिसको जीवनशैलीका कारण देखा पर्ने हुन्छ । मोटोपन बढ्यो भने डायबिटिज हुने जोखिम उच्च हुन्छ । किनकि इन्सुलिनले सुगरलाई मानिसको शरीरको कोषभित्र पठाउने काम गर्छ । तर मोटो मानिसको शरीरमा इन्सुलिनले राम्रोसँग काम गर्न नसक्दा रगतमा सुगरको मात्रा बढ्ने हुन्छ । त्यसैले मोटोपन हुनु डायबिटिजको जोखिम बढाउनु हो ।

Ncell 2
Ncell 2

डायबिटिज हुन नदिन के गर्ने ?

खासगरी शहरी क्षेत्रमा जसको घरका सदस्यमा डाइबिटिजको समस्या छ, उनीहरूले स्वास्थ्य शिविर हँुदा वा अन्य मौकामा नियमित परीक्षण पनि गराइरहेका छन् भने कतिपयले भने समस्या देखिएपछि मात्रै परीक्षण गर्ने भएकले समस्या उस्तै छ । पक्कै पनि पहिलेको भन्दा सचेतना अपनाउने हिसाबले नियमित परीक्षण गर्नेहरू बढेका छन् । तर, पनि धेरैले समस्या देखिएपछि मात्रै आउँछन् ।

बंशाणुगत जोखिम पनि उच्च हुन्छ । परिवारमा बाबुआमालाई डायबिटिज भइसकेको छ भने सन्तान पनि उच्च जोखिममा हुन्छन् । बाबु आमालाई भयो भन्दैमा सन्तानलाई पनि डायबिटिज हुन्छ भन्ने होइन तर अहिलेको जीवनशैलीका कारण हामी उच्च जोखिममा छौं । अरु जोखिम बढेपछि उसलाई सहजै डायबिटिजले आक्रमण गर्न सक्छ ।

त्यस्तो जोखिममा भएका मानिसहरूले अरु सतर्कता बढाउन आवश्यक छ । उदाहरणका लागि तौल नियमित राख्न सचेत हुने, शारीरिक क्रियाकलाप बढाइरहने, नियमित स्वास्थ्य परीक्षण गर्ने आदि । यति सावधानी अपनाउँदा पनि उसलाई डायबिटिज भएमा उसलाई बेलैमा थाहा हुन्छ र नियन्त्रिण गर्न सजिलो पर्छ । सामान्य अवस्थाकै मानिसले हरेक ३ वर्षमा नियमित स्वास्थ्य परीक्षण गर्नु उपयुक्त हो भने जोखिममा रहेकाहरूले १÷१ वर्षमा गर्नुपर्छ । प्रि–डायविटिज भएका मानिसहरूलाई हामीले शारीरिक परिश्रम बढाउन, सन्तुलित आहार् खान सल्लाह दिइरहेका हुन्छौं । पहिलेदेखि नै सचेतना अपनाए उसलाई पछि डायबिटिज नहुन पनि सक्छ । पहिले नै ध्यान दिइयो भने डायबिटिज हुने जोखिमलाई निकै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
 
डायबिटिजबाट जोगिन के गर्ने ?

टाइप २ भएकाले उचाइ अनुसारको तौलमा ध्यान दिनुपर्छ । खानेकुरामा सलाद ज्यादा खाने, सागपात खाने, खानापछि हिड्ने गर्नुपर्छ । डायबिटिज हुनासाथ जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । शारीरिक परिश्रम बढाउनुपर्छ आराम घटाउनुपर्छ ।

चिकित्सकले सिफारिस गरेमा नियमित औषधि लिनुपर्छ । एकपटक देखिएर नियन्त्रण भएकाहरूमा भने सुगर मात्र नियन्त्रण नगरी युरिक एसिड, लिभर लगायतका नियमित परीक्षण गर्नुपर्छ । डायबिटिज भएपछि सुगर मात्रै नियन्त्रण नभई अरु पक्षबारे पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । नियन्त्रणमा आएपछि पनि उसले नियमित रुपमा स्वास्थ्यमा सचेतना अपनाउनुपर्छ ।

डायबिटिज देखिएको सुरुको ४–५ वर्ष त्यसलाई नियमित नियन्त्रणमा राख्न सकियो भने शरीरका अंगहरूमा गर्ने असरको दर कम हुन्छ । डायबिटिज भएकोमा सबैजसोमा ब्लड प्रेसरको समस्या देखिन्छ । उच्च रक्तचाप देखिएका र ४० वर्ष उमेर पुगिसकेकाहरूले पनि डायबिटिज भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । परिवारमा सुगरको हिस्ट्रि छ भने त्यस्ता व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

डायबिटिज र प्रेसर दुवैले किड्नीमा असर गर्न सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्छ । डायबिटिजलाई मुटुरोगको ठूलो जोखिम पनि मानिन्छ । एकपटक हर्ट एट्याक भएकालाई फेरि हुने जति जोखिम हुन्छ त्यति नै डायबिटिज भएकालाई पनि जोखिम रहन्छ ।

नेपालमा स्वास्थ्य बीमाको नीति कमजोर भएका कारण पनि डायबिटिजले आक्रमण गरेपछि मात्रै यसको पहिचान हुन्छ । अन्यथा स्वास्थ्य बीमा भएको भए नियमित स्वास्थ्य परीक्षणका क्रममा यस्ता कुरा समयमै थाहा हुन्थ्यो । जोखिम नै नभएको र आफू स्वस्थ्य छु भन्ठान्नेले पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । विद्यालय तहमा पनि यसबारे सचेतनाका विषय राखिनुपर्छ र स्वास्थ्य चौकीसम्म पनि यस्ता विषयमा सचेतना फैलाउन आवश्यक पर्छ ।

सरकारले तयारी खाद्य पदार्थ र गुलियो रहेको खाद्य पदार्थमा कर लगाउने हो भने पनि नीतिगत तहमा केही सहयोग हुने देखिन्छ । विद्यालय क्षेत्रको निश्चित भागमा जंक फुडलाई रोक लगाउनु पनि अर्को उपाय हो ।

अर्कोतफ हामी नियमित रुपमा गुलियो खाइरहेका हुन्थ्यौं । हाम्रो शरीरका लागि यो आवश्यक छैन । नखाँदा पनि फरक पर्दैन । नेपालमा छिटो र सस्तो हुने भएकाले जंकफुड बढिरहेको छ । यसलाई रोक्नुपर्छ । चुरोट नखानेको दाँजोमा चुरोट खानेलाई डायबिटिजको जोखिम ज्यादा हुन्छ । डायबिटिज भइसकेकाहरूलाई आर्थिक भार पनि निकै छ । यस्ता बिरामीलाई सरकारले पनि सहुलियतमा औषधि दिने लगायतका काम गर्नुपर्छ ।

डायबिटिज भइसकेपछिका समस्या अनेक छन् । सुगरका कारण हुने अरु शारीरिक समस्याहरूले उपचार खर्च महंगो बनाइदिन्छ । डायबिटिजको संक्रमण भइसकेपछि मानिसको कार्यक्षमतामा पनि ह्रास आउने खतरा रहन्छ । त्यसैले डायबिटिज हुनुभन्दा पहिले हुनै नदिनु बुद्धिमानी हुन्छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने
जेनजी आन्दोलनका घाइतेहरूको विवरण सार्वजनिक
काठमाडौँमा ग्यास-इन्धन अभाव र कालोबजारी नियन्त्रणका लागि महानगरले थाल्यो निगरानी
सम्बन्धित सामग्री
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई सेनाले गएराति पक्राउ गरेको हो । बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ सुरक्षा जाँचका क्रममा उनको गाडीमा शंकास्पद वस्त भेटिएपछि चौधरीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
जेनजी आन्दोलनका घाइतेहरूको विवरण सार्वजनिक शनिबार, फागुन ३०, २०८२
काठमाडौँमा ग्यास-इन्धन अभाव र कालोबजारी नियन्त्रणका लागि महानगरले थाल्यो निगरानी शनिबार, फागुन ३०, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्