फाइल तस्बिर
गाईघाट– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई गिरोहले चलाएको टिप्पणी गरेका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेशन उदयपुरको पदस्थापन तथा फोटो प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्।
आगामी चौधौं महाधिवेशन समयमै नगर्ने हो भने कांग्रेस अझ कमजोर हुने उनको दाबी छ।
'कांग्रेसका नेता/कार्यकर्तामा व्यक्तिवादी चरित्र जातियता र साम्प्रदायिकता बढ्दै गएको छ। यसले कसैको भलो हुने छैन,' कोइरालाले भने।
गुट र उपगुटमा विभाजित कांग्रेसलाई एकढिक्का बनाउदै अघि बढ्ने नेतृत्व आगामी महाधिवेशनबाट चयन हुन सके मात्रै कांग्रेस, मुलुक र संघीयता बलियो हुने उनको जिकिर छ।
जिल्ला सभापतिहरुको भेलाले राखेको माग उचित भएको पनि कोइरालाले बताए।
’त्यो माग पार्टीका महासमितिका अधिकांश सदस्यहरुको भएकाले सम्बोधन गर्नुको विकल्प छैन,‘ उनले भने।
कांग्रेसले जिम्मवार प्रतिपक्षको भुमिका निभाउन नसक्दा सरकार अधिनायकवादतर्फ अघि बढेको कोईरालाको ठम्याइ छ।
प्रजातन्त्रको मुलभूत सिद्धान्तलाई बेवास्ता गर्दै सरकार अराजक र अधिनायकवादी शैलीमा हिडेको उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।