काठमाडौं- सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकलाई तत्काल वंशजका आधारमा नागरिकता नदिन अन्तरिम आदेश जारी गरेको छ। न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सो व्ययवस्था तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको हो।
यसका साथै सो निर्णय यथास्थितिमा राख्न र बैशाख ३ गते छलफलका लागि उपस्थित हुन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको हो।
अधिवक्ता बालकृष्ण न्यौपानेले विद्यमान कानुनअनुसार जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानुनसम्मत नभएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई यस्तो आदेश दिएको हो।
गृह मन्त्रालयले १९ चैतमा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो। लगतै जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउन थालेका थिए।
यस्तो थियो गृहले जिल्ला प्रशासनलाई जारी गरेको पत्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।