काठमाडौं– फिल्म ‘प्रेम दिवस’को प्रदर्शन मितिसहित नयाँ गीत सार्वजनिक भएको छ। निर्माण युनिटका अनुसार फिल्म आउँदो जेठ ३१ गतेबाट प्रर्दशनमा आउने छ।
यसअघि जेठ ३ गतेबाट प्रदर्शनमा आउने भनिएपनि प्राविधिक कारण जेठ ३१ बाट फिल्म हल प्रवेश गर्नेछ।
फिल्मले प्रदर्शनको नयाँ मितिसँगै नयाँ गीतसमेत सार्वजनिक गरेको छ।
‘बरु अर्को जुनी...’ बोलको गीतमा फिल्मका मुख्य कलाकार तथा वास्तविक जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय देख्न सकिन्छ।
मेलिना राई र निशान भट्टराईको स्वर रहेको गीतमा शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीत सुन्न सकिन्छ। गीतको भिडियोमा प्रियंका र आयुष्मानसँगै नव–नायक विशाल खरेलको अभिनय समेत समावेश छ।
प्रेमकथामा अधारित फिल्ममा योगेश घिमिरेको निर्देशन छ भने हेमन्त बुढाथोकी, शिवशंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारको अभिनय देख्न सकिन्छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।