पूर्वगृहमन्त्रीमाथि प्रहरीको लाठी [४ तस्बिर]

नेपाल लाइभ | २०७५ चैत २५ सोमबार | Monday, April 08, 2019 १७:१४:०० मा प्रकाशित

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापासहितका नेताहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ। 

हिन्दू राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी थापासहितका नेता पक्राउ परेको राप्रपा प्रवक्ता भुवन पाठकले बताएका छन्।

अध्यक्ष कमल थापासहित दीपक बोहरा, बुद्धिमान तामाङलगायतका नेतामाथि प्रहरीले लाठीचार्ज गरी पक्राउ परेकाे उनले बताए। 

शान्तिपूर्ण आन्दोलनका क्रममा पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेको थियो।

घाइते ४० भन्दा बढी कार्यकर्ताहरुको मोडल हस्पिटलमा उपचार भइरहेको उनको भनाइ छ।

तस्बिर सौजन्यः राजाराम बर्तौला