काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको पाँचौ महाधिवेशन जेठ २५ देखि २७ सम्म बुटवलमा हुने भएको छ।
संघको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेसनका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ।
संघको नीति तथा कार्यक्रम, विधान मस्यौदालगायतका १५ वटा विषयगत समिति गठन गरिएको संघकी महासचिव लक्ष्मी परियारले जानकारी गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।