काठमाडौं- काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा आयोजना भएको दोस्रो ‘नेपाल ल्याटिन डान्स फियस्टा २०१९’ इभेन्ट सम्पन्न भएको छ।
आइतबार मध्यरात सम्पन्न उक्त इभेन्ट फोर्ट साल्सा स्टुडियोले आयोजना गरेको थियो। चार दिनसम्म इभेन्ट चलेको हो।
इभेन्टमा अमेरिका, फिलिपिन्स, थाइल्यान्ड, चाीन, स्विटजरल्यान्ड, भारत लगायत ३० देशका २ सय सहभागी थिए।
इभेन्टमा ल्याटिन डान्सका किजुम्बाका विश्व गुरू पोर्चुगलका नेल्सन कम्पास, ल्याटिन डान्सकै बचता डान्समा ५ पटकसम्म विश्व विजेता जोडी अस्ट्रेलियाका नेस्टर र रेबका, मलेसियाबाट कार्लनिस, भारतबाट याभितसिहं, एसियाकै पहिलो साल्सा डान्सका प्रशिक्षक वरुण डिएस राणा, बेली डान्समा विश्वको पाँचौं स्थानमा रहेकी दिप्ती सेठी जस्ता कलाकारको सहभागिता रहेको थियो।
नेपालबाट प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रियस्तरमा नै साल्सा डान्स प्रशिक्षकका रूपमा प्रमाणित भइसकेका योगेशराज श्रेष्ठ र सप्रिना श्रेष्ठ आयोजक रहेका थिए। अन्य प्रशिक्षकका रूपमा रियाज श्रेष्ठ, विनायक श्रेष्ठ, अशोक भण्डारी पनि सहभागी थिए।
साल्सा नृत्यप्रति आम मानिसको रुचि आशालाग्दो भएको आयोजकको भनाइ छ।
मलेसियाकी लिथा कृषणले नेपालमा ल्याटिन डान्सको भविष्य राम्रो भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।