काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको छ।
विभागहरु गठनका विषयमा छलफल गर्न देउवाले आफ्नै निवासमा बैठक बोलाएका थिए। कार्यसम्पादन समितिको गठन प्रक्रियाको किचलो यथावत राखी देउवाले विभागहरु गठन गर्न नेताहरुलाई बोलाएका थिए।
बैठकमा सहभागी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कार्यसम्पादनको गठनबारे आज छलफल भएन। विभाग गठनको विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेन।’
कांग्रेसको नयाँ विधानमा विभागहरुको संख्या २८ बनाइएको छ। यसअघि ४२ विभाग थिए।
देउवाले बोलाएको बैठक नेता कृष्णप्रसाद सिटौलाले भने बहिस्कार गरेका थिए।
कार्यसम्पादन समितिमा भएको विवादले केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।