झापा– झापाको कन्काई नगरपालिका ७ दुर्गापुरबाट प्रहरीले लागुऔषसहित एक जनालाई पक्राउ गरेको छ। खैरो हेरोइन बोकेर खाजा पसलमा बसिरहेका स्थानीय ३२ वर्षीय सुरेश आङदेम्बे पक्राउ परेका हुन्।
उनीबाट १ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। उनको बारेमा थप अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।