फाइल तस्बिर
काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गम्भीर भूल गरेको दोहोर्याएका छन्।
महासचिव वैद्यले चन्द नेतृत्वको कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहाल कम्युनिस्ट हुनै नसक्ने तर्क पनि गरे।
आइतबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा उद्घाटन गर्दै उनले वर्तमान सरकारले देशीविदेशी प्रतिक्रियावादीको संरक्षण गरिरहेको आरोप पनि लगाएका थिए।
'कम्युनिस्टको नाममा प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प छैन,' महासचिव वैद्यको दाबी थियो।
महासचिव वैद्यले वर्तमान सरकारले शोसित पीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।