काठमाडौं– अभिनेता दीलिप रायमाझी र अभिनेत्री मरिस्का पोखरेलको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक शंकरलाल श्रेष्ठको आवाजमा रहेको ‘माया त लाउने हो...’ बोलको गीतमा रायमाझी र पोखरेलले पहिलो पटक स्क्रिन सेयर गरेका हुन्।
सार्वजनिक गीतको भिडियो आइतबार काठमाडौैंमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
दयाराम दाहालको शब्द तथा संगीत रहेको गीतको भिडियो राम कुमार केसीले छायांकन गरेका हुन् भने लिग्यास भट्टराईले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।