काठमाडौं– आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चेन्नईले शनिबार भएको खेलमा किंग्स–११ पञ्जावलाई २२ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।
पहिले ब्याटिङ गरेको चेन्नईले ३ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो। जवाफी ब्याटिङ गरेको पञ्जावले ५ विकेटको क्षतिमा १ सय ३८ रन मात्र जोड्न सक्यो। तेस्रो विकेटका लागि लोकेश राहुल र सार्फराज खानले १ सय १० रनको साझेदारी गरे पनि टिमलाई जिताउन सकेनन्। राहुलले ५५ रन र खानले ६७ रन जोडे। त्यसअघि क्रिस गेल ५ र मंयक अग्रवाल शून्यमा आउट भए। बलिङमा चेन्नईका हरवजन सिंह र स्कट कुगेलेजिनले २–२ विकेट लिए।
त्यसअघि चेन्नईका लागि फाप डु प्लेसिससले ५५ रन जोडे भने महेन्द्रसिंह धोनीले नटआउट ३८ र अम्बाती रायदुले नटआउट २१ रन जोडे।
अंक तालिकामा चेन्नज्ञ ५ खेलमा ४ जितसहित ८ अंक जोडेर शीर्ष स्थानमा छ। पञ्जावको ५ खेलमा ३ जितसहित ६ अंक छ। पञ्जाव अंक तालिकाको चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।