माले, माल्दिभ्स्- माल्दिभ्स्मा आज शनिबार संसदीय निर्वाचन भएको छ। पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि आज पहिलो पटक निर्वाचन भएको हो।
यस निर्वाचनमा पूर्व राष्ट्रपति मोहमद नशिद सवै भन्दा उच्च ओहदाका उम्मेदवार हुन्।
शनिबारको निर्वाचनबाट पिपल्स मज्लिस भनिने संसदका लागि ८७ जना निर्वाचित हुनेछन्।
गत सेप्टेम्बरमा भएको निर्वाचनमा नशिदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भई यमिन पराजित भएपछि यमिनलाई निर्वासनमा थिए।
अहिले भने उनी स्वदेश फर्किसकेका छन्।
सोलिहले आइतबारको निर्वाचनबाट उनको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) अत्यधिक मतका साथ विजयी हुने दाबी गरे।
'मैले जोड दिएर भन्न चाहन्छु की, नयाँ संसदमा पनि हाम्रो उपस्थिति सशक्त हुनेछ, त्यो संसदले आफ्नो निती र कामहरुलाई पूर्ण समर्थन गर्ने अपेक्षा गरिएको छ,' बिहीबार राती आयोजित चुनावी सभामा सोलिहले भनेका थिए।
नयाँ संसदमा नशिदको नै सबैभन्दा मुख्य भूमिका हुने अनुमान गरिएको छ। पूर्वराष्ट्रपति यमिन शक्तिमा भएका बेला नशिदलाई विवादास्पद आतङ्कवाद सम्बन्धी मुद्धा लगाएर १३ वर्षे जेल सजाय सुनाइएको थियो।
गत वर्ष राष्ट्रपति परिवर्तन भएपछि उनलाई दिएको जेल सजाय रद्द गरेर रिहा गरिएको थियो।
सेम्टेम्बरमा भएको निर्वाचनको बेला तत्कालिन विपक्षी दलका नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन्।
सोलिह निर्वाचित भएपछि उनले राजनीतिक बन्दीहरूलाई तत्काल जेलमुक्त गराएका थिए। त्यही अनुसार नशिद जेलमुक्त भएका हन्।
त्यो चुनावमा धाँधली भएको दाबी गर्दै तत्कालिन राष्ट्रपति यामिनले सुरुमा नतिजा अस्विकार गरेका थिए।
तर अदालतले पनि निर्वाचनमा धाँधली नभएको फैसला गरेपछि उनी विपक्षी बन्न बाध्य भएका थिए।
अहिलेको सलिह नेतृत्वको सरकारले यमिनलाई अनेक मुद्दा लगाएको छ।
माल्दिभ्समा पछिल्लो समय एक अर्काप्रतिको प्रतिशोधको राजनीति चर्किदै गएकाले राजनीतिक स्थिरता कायम हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।