• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025 २१ : २५ : २१
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
भारतीय चुनाव : चर्चामा प्रियंका
64x64
नेपाल लाइभ शनिबार, चैत २३, २०७५  १५:५७
1140x725

काठमाडौं- भारतमा भारतीय काँग्रेस पार्टी इतरका राजनीतिक दल त्यसमा पनि विशेषगरी भारतीय जनता पार्टीले प्रायः उठाउने गरेको एउटा विषय हो- काँग्रेसले आफ्नै वंश र परिवारभित्रैको नियन्त्रण पार्टी राख्यो। 

सो राजनीतिक दलले परिवार तथा बंशको वरिपरि शासन व्यवस्था केन्द्रित गर्‍यो, पार्टीको ‘हाइकमान्ड’ आफ्नै परिवारका सदस्यको घेराभित्र सीमित राख्यो भन्ने आरोप लगाउने गरिन्छ। 

त्यो आरोप खेप्ने परिवार हो, गान्धी परिवार। सन् २०१४ को आमनिर्वाचनको आफ्नो प्रचार अभियानमा भारतीय जनता पार्टीका तत्कालीन नेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय काँग्रेस पार्टी नभएर भारतीय गान्धी पार्टी भनेर नामाकरण नै गरिदिएका थिए। त्यस समय भारतीय काँग्रेस पार्टीको अध्यक्षमा सोनिया गान्धी र उपाध्यक्षमा राहुल गान्धी थिए। यसरी सो पार्टीलाई सबैभन्दा बढी परिवारवादको आरोप लगाउनेमा त्यस समयको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी थियो। 

अहिले पनि यो क्रम जारी छ, जुन भारतीय जनता पार्टीमा मात्र     सीमित छैन। त्यसमा पनि अहिले फेरि आलोचनाका लागि अर्की पात्र थपिएकी छिन्-प्रियंका गान्धी। प्रियंका भारतको पहिलो तथा आजसम्मको एकमात्र महिला प्रधानमन्त्री इन्दिरा गान्धीकी नातिनी हुन्। उनी राजिव गान्धीकी छोरी। राजिव गान्धी भारतका पूर्व प्रधानमन्त्री। प्रियंकालाई पार्टीमा यसै वर्षको सुरुमा भित्र्याइएको हो। पार्टीको महासचिवकै रुपमा भित्र्याइएकी उनलाई हालको आम निर्वाचनमा कांग्रेश पार्टीको मुख्य प्रचारकको रुपमा जिम्मेवारी दिइएको छ 

विगतका वर्षहरुदेखि भारतीय काँग्रेस पार्टीलाई लाग्ने गरेको आरोपबाट अहिले पनि सो पार्टी अछुतो रहन सकेको छैन। अहिले पनि भारतमा निर्वाचनको चर्चा सुरु भएको र त्यसको केन्द्रमा भारतीय काँग्रेस पार्टीको परिवारवाद छ।

यसअघि आफू पार्टी अध्यक्ष भएर छोरा राहुललाई उपाध्यक्षमा ल्याएको आरोप सोनियालाई लाग्ने गरेको हो र अहिले पनि त्यसमा थपिएको एक विषय हो प्रियंकाको पार्टी प्रवेश। यतिखेर पनि निर्वाचनको प्रचार अभियान र भाषणहरुमा विपक्षीहरुले काँग्रेस पार्टीलाई परिवारवादकै आरोप लगाएका छन् र केन्द्रभागमा परेकी छिन् प्रियंका।   

भारतका कैयौँ बुद्धिजिवीहरूले लोकतान्त्रिक शासन प्रणालीमा कुनै परिवार तथा वंशको वरिपरि शासन व्यवस्था केन्द्रित हुनु अस्विभाविक हो भनेका छन्। उनीहरुले भारतको प्रजातान्त्रिक आन्दोलनमा गान्धी परिवार एउटा खम्बा हो त भन्छन् तर पनि यसैका नाममा सदा सर्वदा पार्टी उनीहरुकै वरिपरि हुनुपर्छ भन्ने मान्यता चाहिँ गलत हो भन्छन्।

यसै सैद्धान्तिक पक्षसँग जोडेर अहिले भारतीय जानकारहरुले प्रियंकाको प्रवेशलाई आलोचनाको विषय बनाएका छन्। उनको विरोध भन्दा पनि गान्धी परिवारले भारतीय काँग्रेसमा वर्चस्व राखेको विषयको आलोचना भएको पाइन्छ।  

Ncell 2
Ncell 2

भारतमा अगामी मे ११ बाट अप्रिल १९ सम्म आमनिर्वाचन हुन गइरहेको छ। सो निर्वाचन सात चरणको हुने गत मार्च १० मा निर्वाचन आयोगले घोषणा गरेको थियो। सन् २०१४ को निर्वाचनबाट सत्तामा आएको भारतीय जनता पार्टीको यस आम निर्वाचनको परिणाम पनि आफ्नो हातका आउने दाबी छँदै नै छ। तर केही महिना अगाडि भएको विधानसभाको निर्वाचनमा विजेपीले बेहोर्नु परेको हारको कारण बिजेपी फेरी सत्तामा आउनका लागि सतप्रतिशत ढुक्क हुन सक्ने अवस्था भने देखिँदैन। 

विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राजनीतिक नेतृत्व १९४७ मा भारत स्वतन्त्र भएपछि जवाहरलाल नेहरु पहिलो प्रधानमन्त्री भए। विगत ५ वर्ष पार्टीको उपाध्यक्ष रहेका राहुल अध्यक्ष बनेपछि गान्धी नेहरू परिवारबाट गर्नुभएको नेतृत्व लिने छैठौं व्यक्ति बने। उनले केही  महिना अगाडि आफ्नी बहिनी प्रियंकालाई महासचिव दिएपछि आलोचना भएको थियो।

राहुलकी आमा सोनिया सन् १९९८ देखि २० वर्ष काँग्रेसको अध्यक्ष बन्नु भएकोमा नै बढी आलोचना भएको थियो। 

आलोचना विपक्षी र सो पार्टीभित्र पनि नहुने होइन। पार्टीभित्र पनि अरुलाई अवसर नदिइएको भनी आलोचना हुने गर्दछ। तर सो परिवारले गुमाएका अवसरहरु र उनीहरुका परिवारका सदस्यहरु जस्तै स्वतन्त्रता संग्रामका समयमा महात्मा गान्धीको साथमा लागेर जवाहरलाल नेहरु, त्यसपछि इन्दिरा गान्धी तथा राजिव गान्धीको प्रधानमन्त्री भएकै समयमा हत्या आदिको स्मरण भने भारतीय समाजले नगर्ने गरेको उनीहरूको गुनासो छ।

shivam cement

shivam cement

यी विषयहरु चर्चाको विषय बन्ने गरेको छैनन्। राजनीतिको लगभग विश्व चर्चामा नै रहेकी भारती नेत्री इन्दिरा गान्धीको ज्यान गयो र उनका छोरा राजिव गान्धीको पनि प्रधानमन्त्री रहेको अवस्थामा हत्या भयो। 

गत फेब्रुअरीको पहिलो हप्ता काँग्रेस पार्टीको महासचिवको कार्यभार सम्हालेकी प्रियंकालाई उत्तर प्रदेशको पूर्वाञ्चल क्षेत्रको जिम्मेवारी दिइएको थियो।

महासचिव बनेसँगै प्रियंकाले सक्रिय राजनीतिमा पाइला चालेकी हुन्। तर यसअघि पनि उनी कांग्रेसमा पर्दा पछाडि बसेर काम गरिरहेकी थिइन्। सन् २०१८ मा भएको गुजरात विधानसभा निर्वाचनमा प्रियंकाले राम्रो चुनावी व्यवस्थापन गरेको कांग्रेस नेताहरुको दाबी रहेको छ।

सानासाना कुरामा उनले ध्यान दिने उनको बानीले चुनाबमा प्रचार राम्रो भएको थियो। प्रचारको पनि त्यति भोगी नभएकी उनको सन् २०१८ को चुनावी अभियानका बेलामा आफ्नो तस्वीर कतै पनि नआओस् भनी सावधानी अपनाएकी थिइन्। 

व्यक्तिहरुको ध्यान कांग्रेस अध्यक्ष राहुल गान्धीमै केन्द्रित होस् भन्ने उनको चाहना रहेको थियो। उनको यो चुस्त व्यवस्थापन कलाको भित्रभित्रै विश्लेषण गरेको काँग्रेस नेतृत्वले प्रियंकालाई पार्टीको पदाधिकारीमा सिफारिश गर्ने सोँच उ समयमै बनाएको थियो। तर पनि पार्टी पंक्तिमा बसेर काम गर्ने इच्छा उनले त्यस समय भने नदेखाएको धेरैको तर्क छ।   

कतिपयको विश्लेषण छ– रुप, रङ, लवाई खुवाई, व्यवहार, शैली इन्दिरा गान्धीको जस्तै छ त्यसैले उनी भारतको उच्च नेता बन्छिन्।  कांग्रेसको प्रमुख प्रचारकको रुपमा रहेकी  प्रियंकाको नम्रताले पनि हाल भारतमा धेरै व्यक्तिको मन छोएको बताइन्छ। 

भारतलाई माया गर्ने व्यक्तिहरुमा प्रियंकाको साधारण व्यक्तित्वले प्रभाव पारेको छ भनिन्छ। सन् १९७२ को जनवरी १२ मा जन्मिएकी प्रियंकाले मोडर्न स्कूलबाट विद्यालय स्तरको शिक्षा हासिल गरेकी हुन्। दिल्ली विश्वविद्यालयको जिसस एन्ड मेरी कलेजबाट उनले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन्। सन् १९९७ मा व्यापारी रोबर्ट वाड्रासँग उनको विवाह भयो। सन् २००४ को चुनावमा उनले आमा सोनिया गान्धीको निर्वाचन प्रचारकको रुपमा काम गरेकी थिइन्। 
    
राहुल काँग्रेसको अध्यक्ष बनेपछि प्रियंका निकै सक्रिय थिइन् तर पछि राहुलको सक्रियताका कारण पनि उनी पर्दा पछाडि बसेर काम गरेको बताइन्छ। अझ गान्धीहरूको निर्वाचन क्षेत्र अमेठी र रायबरेलीमा पनि प्रियंकाको चर्चा कम हुन थाल्यो। कांग्रेसमा यदाकदा प्रियंका गान्धीलाई सन् २०१९ को लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई टक्कर दिने अनुहारका रूपमा प्रस्तुत गर्नुपर्ने माग पनि उठेको हो।

तर सोनिया गान्धी राहुललाई मात्र नेतृत्वको अनुहारका रूपमा देखाउन चाहन्थिन्। किनभने प्रियंकाले राजनीतिमा पाइला राख्दा नै दिदीभाईको बीचमा आम नागरिकले तुलना गर्न थाल्ने सोनियाको बुझाइ थियो। -रासस

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
सम्बन्धित सामग्री
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'राजनीतिक परिवर्तनका लागि गरिने आन्दोलनका लागि लोकप्रिय, समय सापेक्ष विचार, दर्शन र आदर्श अगाडि... शनिबार, चैत १६, २०८१
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

nepallivenews@gmail.com
nepallivemarketing@gmail.com

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

healthnewspaper@gmail.com
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्