• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भारतीय चुनाव : चर्चामा प्रियंका

64x64
नेपाल लाइभ शनिबार, चैत २३, २०७५  १५:५७
1140x725

काठमाडौं- भारतमा भारतीय काँग्रेस पार्टी इतरका राजनीतिक दल त्यसमा पनि विशेषगरी भारतीय जनता पार्टीले प्रायः उठाउने गरेको एउटा विषय हो- काँग्रेसले आफ्नै वंश र परिवारभित्रैको नियन्त्रण पार्टी राख्यो। 

सो राजनीतिक दलले परिवार तथा बंशको वरिपरि शासन व्यवस्था केन्द्रित गर्‍यो, पार्टीको ‘हाइकमान्ड’ आफ्नै परिवारका सदस्यको घेराभित्र सीमित राख्यो भन्ने आरोप लगाउने गरिन्छ। 

त्यो आरोप खेप्ने परिवार हो, गान्धी परिवार। सन् २०१४ को आमनिर्वाचनको आफ्नो प्रचार अभियानमा भारतीय जनता पार्टीका तत्कालीन नेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय काँग्रेस पार्टी नभएर भारतीय गान्धी पार्टी भनेर नामाकरण नै गरिदिएका थिए। त्यस समय भारतीय काँग्रेस पार्टीको अध्यक्षमा सोनिया गान्धी र उपाध्यक्षमा राहुल गान्धी थिए। यसरी सो पार्टीलाई सबैभन्दा बढी परिवारवादको आरोप लगाउनेमा त्यस समयको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी थियो। 

अहिले पनि यो क्रम जारी छ, जुन भारतीय जनता पार्टीमा मात्र     सीमित छैन। त्यसमा पनि अहिले फेरि आलोचनाका लागि अर्की पात्र थपिएकी छिन्-प्रियंका गान्धी। प्रियंका भारतको पहिलो तथा आजसम्मको एकमात्र महिला प्रधानमन्त्री इन्दिरा गान्धीकी नातिनी हुन्। उनी राजिव गान्धीकी छोरी। राजिव गान्धी भारतका पूर्व प्रधानमन्त्री। प्रियंकालाई पार्टीमा यसै वर्षको सुरुमा भित्र्याइएको हो। पार्टीको महासचिवकै रुपमा भित्र्याइएकी उनलाई हालको आम निर्वाचनमा कांग्रेश पार्टीको मुख्य प्रचारकको रुपमा जिम्मेवारी दिइएको छ 

विगतका वर्षहरुदेखि भारतीय काँग्रेस पार्टीलाई लाग्ने गरेको आरोपबाट अहिले पनि सो पार्टी अछुतो रहन सकेको छैन। अहिले पनि भारतमा निर्वाचनको चर्चा सुरु भएको र त्यसको केन्द्रमा भारतीय काँग्रेस पार्टीको परिवारवाद छ।

यसअघि आफू पार्टी अध्यक्ष भएर छोरा राहुललाई उपाध्यक्षमा ल्याएको आरोप सोनियालाई लाग्ने गरेको हो र अहिले पनि त्यसमा थपिएको एक विषय हो प्रियंकाको पार्टी प्रवेश। यतिखेर पनि निर्वाचनको प्रचार अभियान र भाषणहरुमा विपक्षीहरुले काँग्रेस पार्टीलाई परिवारवादकै आरोप लगाएका छन् र केन्द्रभागमा परेकी छिन् प्रियंका।   

भारतका कैयौँ बुद्धिजिवीहरूले लोकतान्त्रिक शासन प्रणालीमा कुनै परिवार तथा वंशको वरिपरि शासन व्यवस्था केन्द्रित हुनु अस्विभाविक हो भनेका छन्। उनीहरुले भारतको प्रजातान्त्रिक आन्दोलनमा गान्धी परिवार एउटा खम्बा हो त भन्छन् तर पनि यसैका नाममा सदा सर्वदा पार्टी उनीहरुकै वरिपरि हुनुपर्छ भन्ने मान्यता चाहिँ गलत हो भन्छन्।

यसै सैद्धान्तिक पक्षसँग जोडेर अहिले भारतीय जानकारहरुले प्रियंकाको प्रवेशलाई आलोचनाको विषय बनाएका छन्। उनको विरोध भन्दा पनि गान्धी परिवारले भारतीय काँग्रेसमा वर्चस्व राखेको विषयको आलोचना भएको पाइन्छ।  

nimb
nimb
Ncell 2
Ncell 2

भारतमा अगामी मे ११ बाट अप्रिल १९ सम्म आमनिर्वाचन हुन गइरहेको छ। सो निर्वाचन सात चरणको हुने गत मार्च १० मा निर्वाचन आयोगले घोषणा गरेको थियो। सन् २०१४ को निर्वाचनबाट सत्तामा आएको भारतीय जनता पार्टीको यस आम निर्वाचनको परिणाम पनि आफ्नो हातका आउने दाबी छँदै नै छ। तर केही महिना अगाडि भएको विधानसभाको निर्वाचनमा विजेपीले बेहोर्नु परेको हारको कारण बिजेपी फेरी सत्तामा आउनका लागि सतप्रतिशत ढुक्क हुन सक्ने अवस्था भने देखिँदैन। 

विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राजनीतिक नेतृत्व १९४७ मा भारत स्वतन्त्र भएपछि जवाहरलाल नेहरु पहिलो प्रधानमन्त्री भए। विगत ५ वर्ष पार्टीको उपाध्यक्ष रहेका राहुल अध्यक्ष बनेपछि गान्धी नेहरू परिवारबाट गर्नुभएको नेतृत्व लिने छैठौं व्यक्ति बने। उनले केही  महिना अगाडि आफ्नी बहिनी प्रियंकालाई महासचिव दिएपछि आलोचना भएको थियो।

राहुलकी आमा सोनिया सन् १९९८ देखि २० वर्ष काँग्रेसको अध्यक्ष बन्नु भएकोमा नै बढी आलोचना भएको थियो। 

आलोचना विपक्षी र सो पार्टीभित्र पनि नहुने होइन। पार्टीभित्र पनि अरुलाई अवसर नदिइएको भनी आलोचना हुने गर्दछ। तर सो परिवारले गुमाएका अवसरहरु र उनीहरुका परिवारका सदस्यहरु जस्तै स्वतन्त्रता संग्रामका समयमा महात्मा गान्धीको साथमा लागेर जवाहरलाल नेहरु, त्यसपछि इन्दिरा गान्धी तथा राजिव गान्धीको प्रधानमन्त्री भएकै समयमा हत्या आदिको स्मरण भने भारतीय समाजले नगर्ने गरेको उनीहरूको गुनासो छ।

यी विषयहरु चर्चाको विषय बन्ने गरेको छैनन्। राजनीतिको लगभग विश्व चर्चामा नै रहेकी भारती नेत्री इन्दिरा गान्धीको ज्यान गयो र उनका छोरा राजिव गान्धीको पनि प्रधानमन्त्री रहेको अवस्थामा हत्या भयो। 

गत फेब्रुअरीको पहिलो हप्ता काँग्रेस पार्टीको महासचिवको कार्यभार सम्हालेकी प्रियंकालाई उत्तर प्रदेशको पूर्वाञ्चल क्षेत्रको जिम्मेवारी दिइएको थियो।

महासचिव बनेसँगै प्रियंकाले सक्रिय राजनीतिमा पाइला चालेकी हुन्। तर यसअघि पनि उनी कांग्रेसमा पर्दा पछाडि बसेर काम गरिरहेकी थिइन्। सन् २०१८ मा भएको गुजरात विधानसभा निर्वाचनमा प्रियंकाले राम्रो चुनावी व्यवस्थापन गरेको कांग्रेस नेताहरुको दाबी रहेको छ।

सानासाना कुरामा उनले ध्यान दिने उनको बानीले चुनाबमा प्रचार राम्रो भएको थियो। प्रचारको पनि त्यति भोगी नभएकी उनको सन् २०१८ को चुनावी अभियानका बेलामा आफ्नो तस्वीर कतै पनि नआओस् भनी सावधानी अपनाएकी थिइन्। 

व्यक्तिहरुको ध्यान कांग्रेस अध्यक्ष राहुल गान्धीमै केन्द्रित होस् भन्ने उनको चाहना रहेको थियो। उनको यो चुस्त व्यवस्थापन कलाको भित्रभित्रै विश्लेषण गरेको काँग्रेस नेतृत्वले प्रियंकालाई पार्टीको पदाधिकारीमा सिफारिश गर्ने सोँच उ समयमै बनाएको थियो। तर पनि पार्टी पंक्तिमा बसेर काम गर्ने इच्छा उनले त्यस समय भने नदेखाएको धेरैको तर्क छ।   

कतिपयको विश्लेषण छ– रुप, रङ, लवाई खुवाई, व्यवहार, शैली इन्दिरा गान्धीको जस्तै छ त्यसैले उनी भारतको उच्च नेता बन्छिन्।  कांग्रेसको प्रमुख प्रचारकको रुपमा रहेकी  प्रियंकाको नम्रताले पनि हाल भारतमा धेरै व्यक्तिको मन छोएको बताइन्छ। 

भारतलाई माया गर्ने व्यक्तिहरुमा प्रियंकाको साधारण व्यक्तित्वले प्रभाव पारेको छ भनिन्छ। सन् १९७२ को जनवरी १२ मा जन्मिएकी प्रियंकाले मोडर्न स्कूलबाट विद्यालय स्तरको शिक्षा हासिल गरेकी हुन्। दिल्ली विश्वविद्यालयको जिसस एन्ड मेरी कलेजबाट उनले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन्। सन् १९९७ मा व्यापारी रोबर्ट वाड्रासँग उनको विवाह भयो। सन् २००४ को चुनावमा उनले आमा सोनिया गान्धीको निर्वाचन प्रचारकको रुपमा काम गरेकी थिइन्। 
    
राहुल काँग्रेसको अध्यक्ष बनेपछि प्रियंका निकै सक्रिय थिइन् तर पछि राहुलको सक्रियताका कारण पनि उनी पर्दा पछाडि बसेर काम गरेको बताइन्छ। अझ गान्धीहरूको निर्वाचन क्षेत्र अमेठी र रायबरेलीमा पनि प्रियंकाको चर्चा कम हुन थाल्यो। कांग्रेसमा यदाकदा प्रियंका गान्धीलाई सन् २०१९ को लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई टक्कर दिने अनुहारका रूपमा प्रस्तुत गर्नुपर्ने माग पनि उठेको हो।

तर सोनिया गान्धी राहुललाई मात्र नेतृत्वको अनुहारका रूपमा देखाउन चाहन्थिन्। किनभने प्रियंकाले राजनीतिमा पाइला राख्दा नै दिदीभाईको बीचमा आम नागरिकले तुलना गर्न थाल्ने सोनियाको बुझाइ थियो। -रासस

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्