पूर्वउपप्रधानमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का नेता लालकृष्ण आडवाणीले अन्तत: चुनावको पहिलो चरणको एक हप्ताअघि आफ्नो मौनता तोडेका छन्। पार्टीको स्थापना दिवसको दुई दिनअघि मौनता तोड्दै उनले आफ्नो चिरपरिचित रुपमा कुनै भाषण त दिएनन् तर आफ्नो अभिव्यक्तिका लागि उनले आफ्नै ब्लगको सहारा लिए।
पाँच सयभन्दा बढी शब्दमा अंग्रेजीमा लेखिएको उक्त ब्लगमा हेडलाइन राखिएको छ- नेसन फर्स्ट, पार्टी नेक्स्ट, सेल्फ लास्ट। अर्थात्, पहिले देश, अनि पार्टी र अन्त्यमा आफै।
आडवाणीको परम्परागत संसदीय सिट गान्धीनगरबाट भाजपा अध्यक्ष अमित शाह उम्मेदवार बनेपछि आडवाणीले सार्वजनिक रुपमा पहिलो पटक टिप्पणी गरेक हुन्।
यो ब्लग पार्टी कार्यकर्ताप्रति सम्बोधित छ भने पार्टीको स्थापना दिवस अप्रिल ६ (आज) को दुई दिनपहिले लेखेका हुन्।
आडवाणी के लेखेका छन्?
भारतीय जनता पार्टीमा हामी सबैका लागि एक महत्वपूर्ण मौका छ। पछाडि हेर्नका लागि, अगाडि बढ्नका लागि र आफैभित्र झकझक्याउनका लागि। भाजपाको संस्थापकमध्ये एक भएका हैसियतमा म मान्छु कि यो मेरो कर्तव्य हो भारतीय जनताका सामु आफ्नो प्रतिबिम्ब बाँडू। विशेषगरी मेरो पार्टीका लाखौं कार्यकर्ताको साथ। यी दुवैको सम्मान र स्नेहप्रति म ऋणी छु।
मेरो विचार राख्नुभन्दा पहले गान्धी नगरका जनताप्रति आभार व्यक्त गर्दछु। जसले १९९१ देखि मलाई ६ पटक लोकसभाको चुनावमा जिताए। उनीहरुको माया र समर्थनप्रति म सधैं अभिभूत हुने गर्छु।
मातृभूतिको सेवा गर्छु भनेर जबदेखि ममा जुनून जाग्यो यही कारण म १४ वर्षको उमेरमा राष्ट्रिय स्वयंसेवक संघमा आबद्ध हुन पुगेँ। मेरो राजनीतिक जीवन लगभग सात दशकदेखि मेरो पार्टीसँग अभिभाज्य रुपमा जोडिइरहेको छ। पहिले भारतीय जनसंघको साथ र पछि भाजपाको साथ। म दुवै पार्टीको संस्थापक सदस्यको रुपमा रहेको थिएँ। पण्डित दिनदयाल उपाध्याय, अटल बिहारी वाजपेयी र केही अरु महान्, नि:स्वार्थ र प्रेरणादायक नेताका साथ रहेर काम गर्न पाउनु मेरा लागि दुर्लभ सौभाग्य हो।
यो पनि : आडवाणीको एकान्तवास
मेरो जीवनको मार्गदर्शक सिद्धान्त 'पहिले देश, अनि पार्टी र अन्त्यमा आफै' रहेको छ। अरु कुनै अवस्थामा रहे पनि म यही सिद्धान्तको पालन गर्ने कोसिसमा रहने गर्छु। अबका दिनमा पनि गर्नेछु।
भारतीय लोकतन्त्रको सार अभिव्यक्तिको सम्मान र यसको विविधता हो। आफ्नो स्थापनादेखि नै भाजपाले कहिले कसैलाई 'शत्रु' मानेन भलै त्यो फरक राजनीतिक विचारधारा नै किन नहोस्। हामी त त्यस्तालाई सल्लाहकारका रुपमा मान्छौं। यसैले भारतीय राष्ट्रवादको हाम्रो अवधारणामा हामीले कहिले पनि उनीहरुलाई 'राष्ट्रविरोधी' भनेका छैनौं। जो राजनीतिक रुपमा हामीसँग असहमत थिए।
पार्टी निजी तथा राजनीतिक स्तरमा पनि प्रत्येक नागरिकको अभिव्यक्ति स्वतन्त्रताको लागि प्रतिबद्ध छ।
देशमा मात्र नभई पार्टीभित्र पनि लोकतन्त्र तथा लोकतान्त्रिक परम्पराको रक्षा भारतको लागि गर्वको कुरा हो। त्यसैले भाजपा र मिडियासमेत हामी सबै लोकतान्त्रिक संस्थाको मुक्ति, अखण्डता, निष्पक्षता र मजबुतीको माग गर्नेमा सबैभन्दा अगाडि छौं। भ्रष्टाचारमुक्त राजनीतिका लागि चुनावी सुधार, राजनीति अथवा चुनावी फन्डिङमा पारदर्शितामा विशेष ध्यान दिनु नै पार्टीका लागि प्राथमिकता हुन जान्छ।
सारांशमा सत्य, राष्ट्र निष्ठा र लोकतन्त्रले मेरो पार्टीको संघर्षको विकासका लागि निर्देशित गरेको छ। यी सबैका कारण नै सांस्कृतिक राष्ट्रवाद अथवा सुराज (गुड गभर्नेन्स) बन्न सक्छ। मेरो पार्टी सधैं यो बनिरहेकै छ। कुनै पनि संकटकालका विरुद्ध ऐतिहासिक संघर्ष यिनै मूल्य कायम राख्नका लागि भएको हो।
मेरो असल इच्छा नै हामी सबैको सामूहिक प्रयत्नबाट भारतको लोकतान्त्रिक शिक्षा मजबुद बनोस् भन्ने हो। सत्य यो हो कि चुनाव, लोकतन्त्रको चाड हो। त्यसैले भारतीय लोकतन्त्रमा यो चुनाव सबै शुभेच्छुकका लागि, राजनीतक दलका लागि, मास मिडिया र चुनावी प्रक्रियामा जोडिने अधिकारी, सबैभन्दा धेरै त मतदाताका लागि इमानदारपूर्वक आत्मनिरीक्षणको एक अवसर हो। बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।