फाइल तस्बिर
काठमाडौं– कांग्रेस केन्द्रीय समिति बैठकमा कार्यसम्पादन समिति बनाउने प्रस्ताव जाने भएको छ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागबण्डाको सहमति भइसकेकाले आज बस्ने बैठकमा सो प्रस्ताव जाने भएको हो। कांग्रेसले कार्यसम्पादन समिति गठनलाई एजेन्डा बनाएर आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
हिजो बसेको उच्च तहका नेताहरुको बैठकले २९ सदस्यीय कार्यसम्पादन समिति बनाउने सहमति गरेको एक नेताले बताए। समितिमा सभापति शेरबहादुर देउवासहित ७ जना पदाधिकारी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।