आसाम- भारतीय जनता पार्टी (भाजपा)का नेता तथा आसाम सरकारका मन्त्री हिमान्तविश्व शर्माले उत्तरपूर्वका कम्तीमा १९ सिटमा आफ्नो पार्टीले जित्ने दाबी गरे।
उत्तरपूर्वमा रहेका लोकसभाका २५ सिटमध्ये कम्तीमा १९ र बढीमा २१ सिटमा भाजपाले जित्ने उनकाे दाबी छ।
यस क्षेत्रका भारतीय कांग्रेस बढारिने उनले दाबी गरे। कांग्रेसको विचारधारा यस क्षेत्रका जनताले पुरै अस्विकृत गरेकाले कांग्रेस हार्ने उनकाे तर्क छ। प्रधानमन्त्री नरेन्द्र मोदी फेरि भारतको प्रधानमन्त्री हुने दाबी गर्दै मन्त्री शर्माले जनताले त्यही नै चाहेको जिकिर गरे।
उनले भने, 'भारतको आसामका जनताले फेरी पनि नरेन्द्र मोदीजीलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहन्छन्, त्यसका लागि यहाँका जनताले भाजपालाई मतदान गर्नेछन्।'
मन्त्री शर्माले मोदीलाई लामो समय प्रधानमन्त्रीमा देख्न चाहेको बताए। त्यसका लागि यस क्षेत्रको कूल २५ मध्ये १९ देखि २१ सिटमा भाजपा विजयी हुने मन्त्री शर्माकाे दाबी छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।