पेरिस– चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक आदान–प्रदान केन्द्र तथा फ्रान्सको अन्तर्राष्ट्रिय सम्बन्ध तथा रणनीति अनुसन्धानालयका विशेषज्ञबीच चीन–युरोप आर्थिक तथा व्यापारिक सम्बन्धको विकासबारे छलफल भएको छ।
चीन–युरोप आर्थिक तथा व्यापारिक सम्बन्ध विषयक बिहीबार भएको कार्यक्रममा उक्त छलफल भएको चिनियाँ अधिकारीले बताएका छन्।
चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार, सन् २०१८मा चीन र युरोपबीचको व्यापार रकम ६ खर्ब ८२ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ। जुन सन् २०१७ को तुलनामा १० दशमलव ६ प्रतिशतले बढी हो।
भविष्यमा चीन र युरोपबीचको आर्थिक तथा व्यापारिक सहयोग अरु गतिशील र अरु व्यापक गराउने विषयमा दुवै देशका अधिकारीले आफ्नो ठाउँबाट पहल गर्ने चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक आदान–प्रदान केन्द्रका उप–प्रमुख, पूर्व वाणिज्य उप–मन्त्री वै चेन कोले बताए।
फ्रान्सेली समूहका प्रमुख पास्काल बोनिफैसले चीन र फ्रान्सका प्रबुद्द समूहबीचको आदान–प्रदानलाई सबल पार्नु आपसी जानकारीलाई बढाउन उपयोगी रहेको ठहर गरिएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।