काठमाडाैं- कार्यसम्पादन समिति गठनबारे निर्णय लिन बसेकाे कांग्रेस शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। साे समितिकाे गठनबारेकाे प्रस्ताव शनिबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने बताइएकाे थियाे।
सर्वसहमतिमा कार्यसम्पादन समिति गठन गर्नका लागि सभापतिले पूर्व तयारी बैठक बोलाएका थिए।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, दुबै महामन्त्री, सह-महामन्त्री, कोषाध्यक्ष, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला लगायतको उपस्थिति थियोl बैठकमा समितिबारे गहन छलफल भएकाे तर निचाेडमा पुग्न नसकिएकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
केन्द्रीय समितिपछिको शक्तिशाली निकाय कार्यसम्पादन समिति मानिन्छ।
बैठक देउवा निवास बुढानिलकण्ठमा अपरान्ह सुरु भएकाे थियो। कार्यसम्पादन समिति गठनको लागि शनिबार केन्द्रीय समितिको बैठक बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।