काठमाडौं– चुनावी फण्डा आफैमा रमाइला किस्सा बन्छन्। झन् त्यसैमा पनि कलाकार जोडिएपछि स्वाभाविक रुपमा सोसल मिडिया ट्रोल भइहाल्ने रहेछ।
कुनै बेलाकी ‘बलिउड क्विन’ अभिनेत्री हेमा मालिनीका हकमा पनि त्यस्तै भयो।
उनले चुनाव प्रचारका क्रममा गहुँ काटेको फोटो ट्विट गरेपछि अहिले सामाजिक सञ्जालमा उनका पक्ष र विपक्षमा चर्चा भइरहेको छ।
उनी भारतीय जनता पार्टीबाट आउँदो लोकसभा निर्वाचनमा उम्मेदवार हुन्। उत्तर प्रदेशको मथुराबाट उम्मेदवार बनेकी हेमा यतिबेला कुनाकन्दरा पुगेर मत मागिरहेकी छिन्। यही सिलसिलामा उनले कृषकहरुले गहुँ काटिरहेको ठाउँमा पुगेर सघाए जस्तो गरेकी थिइन्।

अन्ततः यही परिदृश्य ट्रोलमा बदलियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।