दाङ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षको काम रेलिङ भाँच्ने र तोडफोड गर्ने मात्र नभएको बताएका छन्।
उनले आफूले प्रतिपक्षको हैसियतले सरकारले गरेको राम्रो कामको समर्थन र नराम्रो काममा विरोध गरिरहेका बताए।
नेपाल प्रेस युनियन दाङले लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रस सभापति देउवाले आफूले सरकारको आलोचना गरिरहदाँ आफ्नै पार्टीका सदस्यले आफ्नो आलोचना गरेको देख्दा आश्चर्य लागेको बताए।
'तपाईलाई पार्टिको अनुशासन समितिमा उजुरी परेको छ नि' भन्ने जिज्ञासामा उनले भने, ‘जसले उजुरी गरेको हो त्यसैलाई सोध्नु।’
देउवाले अनुशासनहीन काम आफूले नगरेको तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।