काठमाडौं– नेपाली कांग्रेसले हावाहुरी पीडितलाई २५ लाख दिने भएको छ।
हावाहुरी प्रभावित स्थलको अनुगमन गर्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले सहयोगको घोषणा गरेका हुन्। उनले प्रभावित क्षेत्रका पीडितहरूसँग भेट गरेका छन्। उनले वीरगन्जको नारायणी अस्पताल र नेसनल अस्पताल पुगेर घाइतेहरुलाई भेटेका थिए।
त्यस्तै, देउवाले विपत्तिलाई राष्ट्रिय शोकको रुपमा लिन सरकारसँग आग्रह गरेका छन्।
'हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। २७ जनाले ज्यान गुमाएको र ४ सयभन्दा बढी घाइते भएको प्राकृतिक विपत्तिले यो क्षेत्रको अवस्था निकै कठिन बनाएको छ। म सरकारलाई यति ठूलो विपत्तिलाई राष्ट्रिय शोकको रुपमा लिन आग्रह गर्दछु', देउवाले ट्विट गर्दै भनेका छन्।
बारा र पर्साका विभिन्न ठाउँमा आइतबार राति आएको विनाशकारी हावाहुरीका कारण हालसम्म २८ जनाले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।