काठमाडौं– गीतकार तथा संगीतकार राजेश श्रेष्ठको नयाँ गीत ‘मिठो मिठो मायाको मौसम’ सार्वजनिक भएको छ।
गायिका मेचु धिमालको स्वरमा रहेको गीतको म्युजिक भिडियो पनि एकसाथ सार्वजनिक भएको छ।
हेरुका लामाको कोरियोग्राफी र निर्देशनमा बनेको उक्त भिडियोमा सुरेश काफ्लेको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ।
भिडियोमा निर्देशक र मोडल जेनेलिया श्रेष्ठको अभिनय रहेको छ।
गीतलाई सेलिब्रेटी नेपालले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।