• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

लिम्बू लोककथा : च्याब्रुङ बाजा र नाचको उत्पत्ति

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १७, २०७४  ०६:२९
1140x725

भगवान् तागेरा निङ्वाफुले पृथ्वीमा नरचोलाधारी स्त्री र पुरुषलाई पति–पत्नीका रुपमा सृष्टि गरेको लगभग नौ पुस्ता पुग्दा केसिङ्गेन् र तिगेन्जङ्ना माइती र चेलीको जन्म भयो । तिगेन्जङ्नाले माइती केसिङ्गेनलाई सारै डाहा मात्र गर्थी, गालीगलौज गर्ने र बिखालु दुर्वचन मात्र लाउने गर्थी । यी दुई जनाका बीचमा मन पटक्क मिल्न सकेन।

एकपटक त केसिङ्गेन्लाई साह्रै रिस उठेछ, मन पनि भाँचिएछ कि क्या हो, ऊ आफ्नी चेलीलाई छाडेर अन्तै लाग्यो । केसिङ्गेन्बिनाको घर अँध्यारो भयो, ज्यानै नभएको जस्तो भयो । माइतीबेगर तिगेन्जङ्नाले धेरै दुःख पाई, सुर्ता गर्न थाली । दिनरात माइतीलाईमात्र सम्झिरहन्थी, उसको असाध्य माया लाग्न थाल्यो उसलाई।

‘अब जसो गरी भए पनि माइतीलाई खोज्न जानुपर्‍यो’, यस्तो विचार गरेर एकदिन माइतीको खोजीमा तिगेन्जङ्ना हिँडी । खोज्दै जाँदा दिन बिते, साता बित्यो, महिना पनि बितेर गयो, तैपनि उसले आफ्नो माइतीलाई फेला पार्न सकिन । एकदिन ऊ यौटा ठूलो वनमा पुगी । दिउँसो चर्को घाम लागेको थियो । तिगेन्जङनालाई साह्रै तिर्खा लागेर आयो । कतै पनि उसले पानी पिउन पाइन । पानी खोज्दाखोज्दा ऊ साह्रै गली।

केही बेरपछि उसले वनमा यौटा ठूलो च्याप्टो ढुंगा देखी । एकछिन बिसाउनुपर्‍यो भनेर त्यहाँ पुग्दा त ठूलो च्याप्टो ढुंगाको दाहिने देब्रेतिर ओखलीका झैं खोबिल्टाहरूमा पानी देखी । तिर्खाले आकुलव्याकुल भएकी उसले जे भए पनि यिनै खोबिल्टाको पानी पिउनुपर्‍यो भन्दै दाहिने खोबिल्टाको पानी पिई । त्यतिले पनि उसको तिर्खा नमेटिँदा देब्रे खोबिल्टाको पानी पनि धीत मरुन्जेल पिई र सिध्याई । त्यहाँबाट फेरि बाटो लागी । अन्त्यमा ऊ माथि मुनाखाम्देन भन्ने स्थानमा पुगी । त्यता पनि माइतीलाई नभेट्दा अब अरु खोजखबर गर्दै हिँड्न नसकी त्यहीं दुःखसुख जीवनयापन गर्दै बस्न थाली।

जीवन गुजारा गर्दै जाँदा तिगेन्जङ्ना अचानक गर्भवती भई । कसरी गर्भवती भई त्यो कुरा नबुझेर उसको चेत नै हरायो । यस्तो कसरी भयो भनेर रातोदिन भगवान्लाई मात्र पुकारा गर्न थाली । एकरात उसका आँखा झपक्क के लागेका थिए, भगवान् तागेरा निङ्वाफुमाले उसलाई यसो भन्नुभयो, ‘सुन्, तिगेन्जङ्ना, आफ्नो माइती खोज्दै आउँदा तँलाई बाटामा तिर्खाले साह्रै सतायो, ढुंगाको खोबिल्टाको पानी तैंले पिइस् । तर ती त पानी थिएनन् । दाहिनेपट्टि बाघको मूत थियो भने देब्रेपट्टि तेरै माइतीको मूत थियो । ती दुवै पिएर तँ गर्भवती भएकी होस्, अब बाघ र मान्छे जम्ल्याहा छोराहरू पाउँछेस्।’

एकपल्ट जोडले गर्जेर भाइलाई झम्टिन तम्तयार हुँदानहुँदै नाम्सामीले भन्यो, ‘दाजु, मैले कति मिलेर बसौं भन्दा पनि तिमी मानेनौ । मलाई मार्न खान मात्र खोज्यौ । कति भागें तर उम्कन सकिनँ, आज त भेटिहाल्यौ।

पछिबाट साँच्चै तिगेन्जङ्नाले बाघ र मान्छे, जम्ल्याहा छोराहरू पाई । जेठो बाघ केसामी भयो र कान्छो मान्छे नाम्सामी भयो।

दुवै जना दाजुभाइहरू सुरु सुरुमा त खुबै मिल्थे, साथै खान्थे साथै पिउँथे । जता गए पनि सँगै जाने गर्थे । बिस्तारै दुवै तन्नेरी भए, सँगसँगै सिकार गर्न थाले।

Ncell 2
Ncell 2

नाम्सामीले गुलेलीले जिवात्को सिकार गर्न थाल्यो भने केसामीले फट्यांग्रा, छेपारा र भालेमुंग्रो आदि मार्दै खान थाल्यो । नाम्सामी सुन्दर र होसियार थियो भने केसामी जहिले पनि रिसले मुर्मुरिई रहने खालको थियो।

एकदिन दुवै दाजुभाइ सिकारमा गएका थिए । सदा झैं केसामीले फट्यांग्रा, छेपारा र भालेमुंग्रो आदि मार्दैै खान थालेको बेला ‘यस्तो काम नगरन, दाजु’ भन्दा केसामी साह्रै रिसायो । तत्काल भाइलाई भन्यो, ‘यिनलाई मात्र होइन, तँलाई पनि मारेर खान्छु।’

त्यस दिनदेखि यता दाजुभाइका बीचमा बेमेलको अवस्था सिर्जना भयो र विचार तथा मन पनि मिल्न छोड्यो । केसामीले भाइ नाम्सामीलाई मारेर खाने मात्र बल गर्न थाल्यो । नाम्सामीलाई भने न रातको निद न दिनको भोक हुन थाल्यो । वन वनै लुकेर हिँड्न थाल्यो । केसामीको भने कहिले भाइलाई मारेर खान पाउँला भनी मुखबाट राल चुहिन थाल्यो।
आमा तिगेन्जङ्नालाई एकदिन यी सबै दुःखका कुराहरूको उसले बेलीबिस्तार लायो । यी कुरा सुनेर तिगेन्जङ्ना कता हो कता रोई । ‘यौटै भुँडीबाट जन्मिकन पनि जम्ल्याहा छोराहरूका बीचमा  कताबाट यो कलह आइलाग्यो ?’ भनी तान बुन्दै शोकमात्र गर्दै बस्न थाली । आमा कान्छो छोरो नाम्सामीलाई जोगाउन खोज्दथी, तर केसामी भने मारेर धीत मरुन्जेल खान खोज्दथ्यो।

आमाले कहिले औलको खोंचतिर कहिले माथि लेकतिर नाम्सामीलाई लुक्न पठाउँथी । नाम्सामी तल औलमा लुक्न गएका बेला आमाले ‘तेरो भाइ त माथि लेकमा गएको छ है’ भनिदिन्थी । यसरी नै नाम्सामी लेकतिर गएका बेला ‘तेरो भाइ त तल औलमा पो गएको छ है’ भन्दै ढाँटेर त्यता पठाइदिन्थी । केसामीले भाइलाई कहिले पनि भेट्न सकेन । त्यसो हुँदा उसलाई औधी रिस उठ्यो । ‘आमा मलाई ढाँट्यौ’ भनेर आमालाई नै झन्डै खायो।

केसामी भुइँमा बजारिन त बजारियो, तर मर्‍यो कि मरेन नाम्सामीले खुट्याउन सकेन । भुइँमा राम्ररी हेर्दा दाजुका जुँगाहरू बतासले हल्लेको देखी ‘मेरो दाजु त अझै मरेको रहेनछ’ भनेर रुखमाथि नै बसिरह्यो।

एकदिन केसामी लेकतिर गएको थियो । तिगेन्जङ्नाले नाम्सामीलाई भनी, ‘अब त तेरो दाजुलाई सधैं ढाँट्न सक्दिन, म । ढाँट्दाढाँट्दा मेरो त मासी नै गलिसक्यो । तँ अब उँधो औलमा गएर धनु–काँड लिएर सिमलको रुखको नौ तलामाथि चढेर लुकी बस् है । तेरो दाजु आयो भने तलै पठाइदिन्छु, नत्र भने आज त मलाई नै मारेर चपाइ खानेछ।’

केहीबेरपछि घर आइपुगेको केसामीले रिसले आँखा नहेरी आमासँग भन्यो, ‘आमा, आजसम्म ढाँट्यौ मलाई, भाइ कतातिर गएको छ ? साँच्चो बताऊ, नत्र भने तिमीलाई नै खान्छु।’

बिचरी तिगेन्जङ्नाले तान बुन्दै आँसु पुछेर ‘उँधोतिर गयो’ भनी नाम्सामी गएको दिशातिर देखाइदिई । केसामी तत्क्षण भाइलाई खोज्न औलतर्फ हिँडिहाल्यो।

तिगेन्जङ्नाले बाबरी र सिल्लरीका फूल ल्याएर आफ्नो अगाडि रोपी । बाबरीको फूल केसामीको तथा सिल्लरीको फूल नाम्सामीको भनेर नाम लगाई दिई । ‘बाबरी फूल मरेछ भने केसामी मर्ला, सिल्लरीको फूल मरेछ भने नाम्सामी मर्ला’ भनी बाचा बाँधी । सुर्ता गर्दै तान बुन्दै ती फूलहरू मात्र हेरेर बसीरही।

तल भने केसामीले भाइ नाम्सामीलाई सिमलको रुखमाथि लुकेर बसेको देख्यो । ‘आज खानेकुरा भेटें’ भन्दै केसामी रुखमाथि चढ्न थाल्यो । रुखमाथि नाम्सामी भने के गरौं कसो गरौं भई डरले अत्तालिन थाल्यो । घरमा नाम्सामीको प्रतीक सिल्लरीको फूल ओइलाएको देखि आमा झन्झन् व्याकुल भएर रुन थाली।

‘अब मेरो दाजुले मलाई मार्ने नै भएछ । तैपनि लरतरो ढंगले त म मर्दिनँ । यो जिउ जसरी भए पनि जोगाउँछु । बचाउनै नसके त के गर्ने, मर्नैपर्‍यो,’ यस्तो कुरा मनमा सोचेर धनुमा काँड चढाई केसामीलाई हान्न थाल्यो । एकचोटि हान्यो, त्यो काँड केसामीले छल्यो, दोस्रो पटक पनि छल्यो । तेस्रो पल्ट पनि हान्यो, लागेन अनि चौथो पल्ट हानेको काँड पनि छल्यो । केसामी बाणहरू छल्दै सिमलको रुखमा माथिमाथि चढ्दै गयो । माथि घरमा भने सिल्लरीको फूल झन्झन् ओइलाएर जान थाल्यो । आमाको पनि सुर्ताले आधा मासु भयो।

नाम्सामीले पाँचौं, छैटौं, सातौं र आठौं पटक हानेका वाणहरू पनि छल्दै केसामी त भाइको सामुन्ने पुग्न आँटिहाल्यो । नाम्सामीको हातमा भने अब यौटा मात्र वाण उब्रेको थियो । एकैछिन विचार गर्‍यो । त्यति बेलासम्म केसामी उसको  सामु पुग्यो । एकपल्ट जोडले गर्जेर भाइलाई झम्टिन तम्तयार हुँदानहुँदै नाम्सामीले भन्यो, ‘दाजु, मैले कति मिलेर बसौं भन्दा पनि तिमी मानेनौ । मलाई मार्न खान मात्र खोज्यौ । कति भागें तर उम्कन सकिनँ, आज त भेटिहाल्यौ । खाने नै हो भने किन दुःख दिएर मार्छौ, बरु आँखा चिम् पारी मुख आँ.....गर, तिम्रो मुखभित्र आफैं म उफ्रेर पस्छु।’

नाम्सामीको यस्तो कुरा सुनेर केसामी मनमनै खुब रमायो । ‘साँच्चै नै यौटा मान्छे मेरो मुखभित्र पसे... त ...’ भन्दै खुसीले आँखा सकेसम्म चिम्म पारेर मुख पनि सकेसम्म आँ गरी उघार्‍यो । त्यसैबेला नाम्सामीले उब्रेको त्यो यौटा बाण धनुमा चढाई सक्दो तन्काएर दाजुको मुखभित्र प्रहार गर्‍यो । वाण केसामीको मुखबाट पसेर तल उसको मलद्वार छिचोलेर बाहिर निस्क्यो । केसामी रुखका हाँगाहरू लाछ्दै तल भुइँमा ढ्याङङ ठूलो आवाजसित पछारियो । माथि घरमा भने बाबरी फूल झ्याप्पै ओइलाई भुइँमा लतारियो । केसामी मरेछ भनी आमाले बुझी । यौटै भुँडीबाट जन्मेका सन्तानमा यस्तो कलह उब्जेको देखि आमालाई साह्रै विरक्त लाग्यो।

केसामी भुइँमा बजारिन त बजारियो, तर मर्‍यो कि मरेन नाम्सामीले खुट्याउन सकेन । भुइँमा राम्ररी हेर्दा दाजुका जुँगाहरू बतासले हल्लेको देखी ‘मेरो दाजु त अझै मरेको रहेनछ’ भनेर रुखमाथि नै बसिरह्यो । पछिपछि त केसामीको सिनुबाट झिँगाहरू भननन उड्न थाले । एकपल्ट हरियो झिँगा केसामीको मुखबाट पसेर उसको मलद्वारबाट बाहिर निस्कियो र रुखमाथि नाम्सामीको नाककै सीधाबाट उड्दै गयो । त्यसबेला हरियो झिँगा गन्हायो । तब मात्र मेरो दाजु मरेछ भनी नाम्सामी भुइँमा ओर्लियो । उसको दाजु त मरेर कुहुन लागिसकेको थियो।

केसामीले मार्न जति नै बल गरेको भए पनि आखिरमा मान्छेको मन त हो, नाम्सामी दाजुको लाशमाथि कता हो कता रोयो । आमाको एउटै गर्भबाट जन्मेको दाजुलाई ऊ साह्रै माया गर्थ्यो । केसामीको छाला काढेर ‘पछि धरती तलमा आफ्ना वंशजहरूले केसामी र नाम्सामीको सम्झना गरुन्’ भनी दाजुको स्मृतिमा त्यो छालाको च्याब्रुङ बनाएर छाडिराख्यो । च्याब्रुङ बजाउँदा आज पनि घुरुङ घुरुङ गरी बाघ गर्जे झैं बज्छ । यही च्याब्रुङ आजकाल लिम्बू जातिको जातीय बाजा भएको छ।

(‘सयपत्री’ पूर्णांक १२ बाट साभार)

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्