• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एकेडेमी आउन नपाएका धेरैमा आक्रोश छ : अमर गिरी

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १७, २०७४  ०५:५९
1140x725

करिब ४ दशक अघिदेखि साहित्य लेखनमा सक्रिय डा अमर गिरी नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ तथा काव्य विभाग प्रमुख हुन्। कविता महोत्सव होस् वा अन्य विमर्श कार्यक्रम; प्रतिष्ठान (एकेडेमी) आलोचनाबाट मुक्त छैन। आलोचनाको घेराभित्र कसरी अघि बढिरहेको छ त एकेडेमी? नेपाल लाइभका लागि फणीन्द्र संगमले प्राज्ञ अमर गिरीसँग गरेको कुराकानी:

एकेडेमीले जुन रुपमा प्राज्ञिक–बौद्धिक विमर्शहरु र महत्त्वपूर्ण रिसर्चहरु गर्नुपर्थ्यो; ती हुन सकेनन् भनेर किन सधैं आरोप लाग्ने गर्छ?
यस्ता आरोपलाई मूलतः दुई ढंगले हेर्नुपर्छ। एकथरीको आलोचनाको उद्देश्य सकारात्मक देखिन्न। उनीहरू आलोचनाका निम्ति आलोचना गर्छन्। योजनाबद्ध ढंगले प्रज्ञाको आलोचना गर्नु उनीहरूको अभीष्ट रहेको पाइन्छ। प्रज्ञा–प्रतिष्ठानलाई खुइल्याउनु र आत्मसन्तुष्टि लिनु उनीहरूको चरित्रको अभिन्न अंग हो जस्तो लाग्छ। यस्तो आलोचनामा गम्भीरता, इमानदारी र रचनात्मकता पटक्कै पाइन्न। अहंकार, कुण्ठा, आक्रोश र आक्षेप यस्ता आलोचनाहरूको गुदी हो। समकालीन नेपाली साहित्यिक परिदृश्यमा पाइने यस्तो प्रवृत्तिको जति आलोचना गरे पनि कम हुन्छ। 

साँच्चै भन्ने हो भने यस्ता टिप्पणीकर्ताहरूले प्रज्ञाले के गरिरहेछ भन्ने कुराको सामान्य जानकारीसम्म राख्दैनन्। प्रज्ञाबाट के कस्ता पुस्तकहरू निस्किएका छन्, तिनको स्तर के कस्तो छ, के कस्ता कार्यक्रमहरू हुन्छन्, समग्रमा प्रज्ञा के गर्दैछ भनेर गहिराइमा नियाल्नु र रचनात्मक टिप्पणी गर्नु यिनीहरूको चरित्र नै होइन। कतिलाई प्रज्ञामा आउन नपाएकोमा आक्रोश छ, कतिलाई आलोचना गरेर ताली खाने मोह छ, कतिलाई अरूलाई खुइल्याएर आफू माथि उक्लने चाहना छ। 

यसरी आलोचना गर्नेहरूले न प्रज्ञाले रिसर्च गराएको देख्छन् न त विमर्शका कार्यक्रम भएको नै पाउँछन्। कुरा बुझ्नतिर नलागी यस प्रकारको आलोचनाबाट प्रभावित हुनेहरू पनि छन्।

आलोचना पचाउन नसक्नु तपाईंहरुको कमजोरी होइन र?
हामी प्रज्ञाको आलोचना नै नहोस् भन्दैनौं तर त्यो तथ्यमा आधारित र रचनात्मक हुनुपर्छ। मिथ्या आरोपले हानि मात्र पुर्याइउँछ। आग्रह, संकीर्णता, अहंकार, कुण्ठा, आक्रोशबाट मुक्त भएर हेर्ने हो भने आफ्ना कतिपय सीमाका बाबजुद प्रज्ञाले रिसर्च र विमर्शका क्षेत्रमा महत्वपूर्ण कामहरू गरेको छ। सीमित बजेटभित्रै जे काम गरेको छ, त्यो कम छैन। यति हुँदाहुँदै पनि कतिपय त्रुटिहरू रहेका हुन सक्छन्। यस्ता त्रुटिलाई हटाउन र आफ्ना प्राज्ञिक गतिविधिलाई अझ रचनात्मक बनाउन प्रज्ञा सधैं तयार छ। 

सिर्जनात्मक आलोचना गर्नेहरु चाहिँ के भन्छन्?
उनीहरू प्रज्ञाको सन्तुलित मूल्यांकन गर्छन् र रचनात्मक सुझावहरू दिन्छन्। प्रज्ञाले त्यस्ता रचनात्मक सुझावलाई सधैं ग्रहण गर्दै आएको छ। प्रज्ञा प्रतिष्ठान रचनात्मक आलोचनाका पक्षमा छ। 

प्राज्ञहरुले सधैं भन्ने गर्छन्- आर्थिक अवस्थाकै कारण पर्याप्त काम हुन सकेन। यसबाहेक प्रशासनिक प्रणाली पनि कतै अवरोधक बनिरहेको त छैन?
आर्थिक समस्या प्रमुख भए पनि रिसर्च र विमर्शका कार्यक्रमहरू प्रज्ञाको समग्र प्राज्ञिक योजना, विभागीय उद्देश्य, योजना र व्यवस्थापनसँग जोडिन्छन्। प्रज्ञामा ११ विभाग छन्। ती भाषासाहित्य लगायत वाङ्मयका विविध क्षेत्रसँग सम्बन्धित छन्। 

के-कस्ता विषयमा रिसर्च गर्ने र विमर्श चलाउने भन्ने कुरा मूलतः विभागमा भर पर्छ। विभागीय प्रमुखले यसमा प्रमुख भूमिका निर्वाह गर्छन्। विभाग प्रमुखको नेतृत्वमा प्रज्ञा सभा र बाहिरबाट सम्बन्धित क्षेत्रका उपयुक्त व्यक्तित्वहरू राखेर विभागको गठन हुन्छ। त्यसले विभागीय योजना बनाउँछ। विभागहरू स्वतन्त्र हुन्छन्। कसैले कसैको विभागमा हस्तक्षेप गर्न मिल्दैन। सबै विभागले आ–आफ्ना परिभाषित कामहरू गर्नुपर्छ। यसैकारण रिसर्च र विमर्शको कार्यक्रमको प्रकृतिमा पनि अन्तर पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भएका कामहरू समयमा प्रकाशनमा आउन नसक्ने समस्या पनि छ, यसलाई व्यवस्थापनसँग जोडेर हेर्नुपर्छ। प्रशासनिक कमजोरीहरू पनि छन्। यसलाई प्रशासनिक नेतृत्वसँग जोडेर मूल्यांकन गर्नुपर्छ। प्राज्ञिक काम प्रज्ञाको समग्र संरचनासँग जोडिन्छ, तर मुख्य कुरा प्राज्ञिक दृष्टिकोण र गतिविधिको हो।

एकेडेमीमा 'पञ्चायतको प्रेत' बाँकी नै छ भन्नेहरु पनि त छन् नि?
प्रज्ञा पुरानै रह्यो, फेरिन सकेन भन्ने टिप्पणी नसुनिएका होइनन्। हो, प्रज्ञामा ‘पञ्चायतको प्रेत’ छ भनेर पनि भनियो। तर, यस्तो आलोचना अलि बढी सतही र आग्रहपूर्ण छ भन्ने लाग्छ। आजको प्रज्ञा हिजोको होइन। नयाँ ढंगले अघि बढ्न यसले कोसिस गरेको छ, तर केही कमजोरी हुन सक्छन्। यसलाई सच्याउँदै अघि बढ्नुपर्छ। यसका अतिरिक्त पनि रिसर्च, सम्पादन र विमर्शका क्षेत्रमा उल्लेख्य काम भएका छन्। प्रज्ञाले यसको जस पाउनुपर्छ र दिन कन्जुस्याँइ गर्नु हुँदैन। 

जो सुकै प्रज्ञामा आए पनि वर्तमान परिस्थितिमा धेरै गर्न सकिने देख्दिनँ। बाहिर बसेर आलोचना गर्न सजिलो हुन्छ। संस्थामा आइसकेपछि यसका आफ्ना जटिलता र सीमाहरू अगाडि आउँछन्। जसले गर्दा चाहेर पनि कतिपय काम गर्न सकिन्न।

महत्वपूर्ण पाण्डुलिपि वर्षौंदेखि प्रकाशनमा आउन सकेका छैनन्, र जुन रुपमा प्रचारप्रसारमा जोड दिनुपर्थ्यो, एकेडेमीमा त्यो देखिन्न। यसतर्फ किन ध्यान पुग्न सकेन त?
सबै पाण्डुलिपि उत्तिकै महत्वपूर्ण छैनन्। महत्वपूर्ण पाण्डुलिपि प्रज्ञाले क्रमशः छाप्दै आएको छ र छाप्दै जान्छ। बजेटका कारण कतिपय छाप्न सकिएको छैन। यति मात्र होइन प्रज्ञाले छापेका कतिपय कृति बजारमा छैनन्। तिनको पुनः मुद्रण आवश्यक छ, तर बजेट नहुँदा त्यो गर्न सकिएको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफूले गरेका कामको प्रचारप्रसारमा कमी रहेको यथार्थ हो। यथार्थ थाहा पाउँदा पनि प्रज्ञाले केही गरेन भन्ने परेको छ। आफूले गरेको कामलाई अरू माझ राख्न जरूरी छ। प्रतिष्ठान यसमा पछाडि छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलकाे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै
आजका लागि तोकियो अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्मको विनिमय दर, के को कतिमा हुन्छ खरिद बिक्री
प्रधानमन्त्री बालेन्द्र शाह एनपीएल उद्घाटनमा सहभागी हुने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएलकाे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै सोमबार, कात्तिक ९, २०८३
आजका लागि तोकियो अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्मको विनिमय दर, के को कतिमा हुन्छ खरिद बिक्री सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह एनपीएल उद्घाटनमा सहभागी हुने सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सरकारी वेबसाइट खुल्न थाले सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्