• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एकेडेमी आउन नपाएका धेरैमा आक्रोश छ : अमर गिरी

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १७, २०७४  ०५:५९
1140x725

करिब ४ दशक अघिदेखि साहित्य लेखनमा सक्रिय डा अमर गिरी नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ तथा काव्य विभाग प्रमुख हुन्। कविता महोत्सव होस् वा अन्य विमर्श कार्यक्रम; प्रतिष्ठान (एकेडेमी) आलोचनाबाट मुक्त छैन। आलोचनाको घेराभित्र कसरी अघि बढिरहेको छ त एकेडेमी? नेपाल लाइभका लागि फणीन्द्र संगमले प्राज्ञ अमर गिरीसँग गरेको कुराकानी:

एकेडेमीले जुन रुपमा प्राज्ञिक–बौद्धिक विमर्शहरु र महत्त्वपूर्ण रिसर्चहरु गर्नुपर्थ्यो; ती हुन सकेनन् भनेर किन सधैं आरोप लाग्ने गर्छ?
यस्ता आरोपलाई मूलतः दुई ढंगले हेर्नुपर्छ। एकथरीको आलोचनाको उद्देश्य सकारात्मक देखिन्न। उनीहरू आलोचनाका निम्ति आलोचना गर्छन्। योजनाबद्ध ढंगले प्रज्ञाको आलोचना गर्नु उनीहरूको अभीष्ट रहेको पाइन्छ। प्रज्ञा–प्रतिष्ठानलाई खुइल्याउनु र आत्मसन्तुष्टि लिनु उनीहरूको चरित्रको अभिन्न अंग हो जस्तो लाग्छ। यस्तो आलोचनामा गम्भीरता, इमानदारी र रचनात्मकता पटक्कै पाइन्न। अहंकार, कुण्ठा, आक्रोश र आक्षेप यस्ता आलोचनाहरूको गुदी हो। समकालीन नेपाली साहित्यिक परिदृश्यमा पाइने यस्तो प्रवृत्तिको जति आलोचना गरे पनि कम हुन्छ। 

साँच्चै भन्ने हो भने यस्ता टिप्पणीकर्ताहरूले प्रज्ञाले के गरिरहेछ भन्ने कुराको सामान्य जानकारीसम्म राख्दैनन्। प्रज्ञाबाट के कस्ता पुस्तकहरू निस्किएका छन्, तिनको स्तर के कस्तो छ, के कस्ता कार्यक्रमहरू हुन्छन्, समग्रमा प्रज्ञा के गर्दैछ भनेर गहिराइमा नियाल्नु र रचनात्मक टिप्पणी गर्नु यिनीहरूको चरित्र नै होइन। कतिलाई प्रज्ञामा आउन नपाएकोमा आक्रोश छ, कतिलाई आलोचना गरेर ताली खाने मोह छ, कतिलाई अरूलाई खुइल्याएर आफू माथि उक्लने चाहना छ। 

यसरी आलोचना गर्नेहरूले न प्रज्ञाले रिसर्च गराएको देख्छन् न त विमर्शका कार्यक्रम भएको नै पाउँछन्। कुरा बुझ्नतिर नलागी यस प्रकारको आलोचनाबाट प्रभावित हुनेहरू पनि छन्।

आलोचना पचाउन नसक्नु तपाईंहरुको कमजोरी होइन र?
हामी प्रज्ञाको आलोचना नै नहोस् भन्दैनौं तर त्यो तथ्यमा आधारित र रचनात्मक हुनुपर्छ। मिथ्या आरोपले हानि मात्र पुर्याइउँछ। आग्रह, संकीर्णता, अहंकार, कुण्ठा, आक्रोशबाट मुक्त भएर हेर्ने हो भने आफ्ना कतिपय सीमाका बाबजुद प्रज्ञाले रिसर्च र विमर्शका क्षेत्रमा महत्वपूर्ण कामहरू गरेको छ। सीमित बजेटभित्रै जे काम गरेको छ, त्यो कम छैन। यति हुँदाहुँदै पनि कतिपय त्रुटिहरू रहेका हुन सक्छन्। यस्ता त्रुटिलाई हटाउन र आफ्ना प्राज्ञिक गतिविधिलाई अझ रचनात्मक बनाउन प्रज्ञा सधैं तयार छ। 

सिर्जनात्मक आलोचना गर्नेहरु चाहिँ के भन्छन्?
उनीहरू प्रज्ञाको सन्तुलित मूल्यांकन गर्छन् र रचनात्मक सुझावहरू दिन्छन्। प्रज्ञाले त्यस्ता रचनात्मक सुझावलाई सधैं ग्रहण गर्दै आएको छ। प्रज्ञा प्रतिष्ठान रचनात्मक आलोचनाका पक्षमा छ। 

प्राज्ञहरुले सधैं भन्ने गर्छन्- आर्थिक अवस्थाकै कारण पर्याप्त काम हुन सकेन। यसबाहेक प्रशासनिक प्रणाली पनि कतै अवरोधक बनिरहेको त छैन?
आर्थिक समस्या प्रमुख भए पनि रिसर्च र विमर्शका कार्यक्रमहरू प्रज्ञाको समग्र प्राज्ञिक योजना, विभागीय उद्देश्य, योजना र व्यवस्थापनसँग जोडिन्छन्। प्रज्ञामा ११ विभाग छन्। ती भाषासाहित्य लगायत वाङ्मयका विविध क्षेत्रसँग सम्बन्धित छन्। 

के-कस्ता विषयमा रिसर्च गर्ने र विमर्श चलाउने भन्ने कुरा मूलतः विभागमा भर पर्छ। विभागीय प्रमुखले यसमा प्रमुख भूमिका निर्वाह गर्छन्। विभाग प्रमुखको नेतृत्वमा प्रज्ञा सभा र बाहिरबाट सम्बन्धित क्षेत्रका उपयुक्त व्यक्तित्वहरू राखेर विभागको गठन हुन्छ। त्यसले विभागीय योजना बनाउँछ। विभागहरू स्वतन्त्र हुन्छन्। कसैले कसैको विभागमा हस्तक्षेप गर्न मिल्दैन। सबै विभागले आ–आफ्ना परिभाषित कामहरू गर्नुपर्छ। यसैकारण रिसर्च र विमर्शको कार्यक्रमको प्रकृतिमा पनि अन्तर पर्छ। 

Ncell 2
Ncell 2

भएका कामहरू समयमा प्रकाशनमा आउन नसक्ने समस्या पनि छ, यसलाई व्यवस्थापनसँग जोडेर हेर्नुपर्छ। प्रशासनिक कमजोरीहरू पनि छन्। यसलाई प्रशासनिक नेतृत्वसँग जोडेर मूल्यांकन गर्नुपर्छ। प्राज्ञिक काम प्रज्ञाको समग्र संरचनासँग जोडिन्छ, तर मुख्य कुरा प्राज्ञिक दृष्टिकोण र गतिविधिको हो।

एकेडेमीमा 'पञ्चायतको प्रेत' बाँकी नै छ भन्नेहरु पनि त छन् नि?
प्रज्ञा पुरानै रह्यो, फेरिन सकेन भन्ने टिप्पणी नसुनिएका होइनन्। हो, प्रज्ञामा ‘पञ्चायतको प्रेत’ छ भनेर पनि भनियो। तर, यस्तो आलोचना अलि बढी सतही र आग्रहपूर्ण छ भन्ने लाग्छ। आजको प्रज्ञा हिजोको होइन। नयाँ ढंगले अघि बढ्न यसले कोसिस गरेको छ, तर केही कमजोरी हुन सक्छन्। यसलाई सच्याउँदै अघि बढ्नुपर्छ। यसका अतिरिक्त पनि रिसर्च, सम्पादन र विमर्शका क्षेत्रमा उल्लेख्य काम भएका छन्। प्रज्ञाले यसको जस पाउनुपर्छ र दिन कन्जुस्याँइ गर्नु हुँदैन। 

जो सुकै प्रज्ञामा आए पनि वर्तमान परिस्थितिमा धेरै गर्न सकिने देख्दिनँ। बाहिर बसेर आलोचना गर्न सजिलो हुन्छ। संस्थामा आइसकेपछि यसका आफ्ना जटिलता र सीमाहरू अगाडि आउँछन्। जसले गर्दा चाहेर पनि कतिपय काम गर्न सकिन्न।

महत्वपूर्ण पाण्डुलिपि वर्षौंदेखि प्रकाशनमा आउन सकेका छैनन्, र जुन रुपमा प्रचारप्रसारमा जोड दिनुपर्थ्यो, एकेडेमीमा त्यो देखिन्न। यसतर्फ किन ध्यान पुग्न सकेन त?
सबै पाण्डुलिपि उत्तिकै महत्वपूर्ण छैनन्। महत्वपूर्ण पाण्डुलिपि प्रज्ञाले क्रमशः छाप्दै आएको छ र छाप्दै जान्छ। बजेटका कारण कतिपय छाप्न सकिएको छैन। यति मात्र होइन प्रज्ञाले छापेका कतिपय कृति बजारमा छैनन्। तिनको पुनः मुद्रण आवश्यक छ, तर बजेट नहुँदा त्यो गर्न सकिएको छैन। 

आफूले गरेका कामको प्रचारप्रसारमा कमी रहेको यथार्थ हो। यथार्थ थाहा पाउँदा पनि प्रज्ञाले केही गरेन भन्ने परेको छ। आफूले गरेको कामलाई अरू माझ राख्न जरूरी छ। प्रतिष्ठान यसमा पछाडि छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्