दीपक घिमिरे
बुटबल- नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले सत्ताधारी नेकपालाई पार्टीको नाम फेर्न सुझाव दिएका छन्। सत्तास्वार्थ र कम्युनिस्ट चरित्र त्यागेका कारण वर्तमान सत्ताधारी नेकपाले नाम परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।
रिपोटर्स क्लब बुटबल शाखाले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारबाट विकास र संमृद्धि समेत सम्भब नभएको दाबी गरे।
सत्तारुढ नेकपालाई नाम फेर्न आग्रह गरेका महासचिव वैद्यले भने, ‘आफ्नो विचार, सिद्धान्त छोडेर हिडेर सत्तास्वार्थमा अल्झिने, अन्य पार्टीका जस्तै गतिविधि गर्ने भएपछि किन नेकपा नाम राख्ने? सोसियल डेमोक्रेटिक पार्टी राख्नुस् भनेर भन्नुस्।'
'भाषण र शब्दजालले मात्रै सम्वृद्धि आउँदैन, सरकारका गतिविधिले संमृद्धिको लक्षण र संभावना देखाएन,’उनले भने।
महासचिव वैद्यले प्रधानमन्त्री ओली-प्रचण्डदेखि विप्लवसम्मको कडा आलोचना गरेका थिए। अहिलेको नाम मात्रको कम्युनिस्ट भनिएको सरकारले कम्युनिस्ट पार्टीकै बदनाम गरेको उनको आरोप छ।
सरकारले क्रान्तिकारीलाई दमनको प्रकृया अघि बढाएको भन्दै उनले आपत्ति जनाए। प्रधानमन्त्रीले शब्द शय्यामा सुतेर समृद्धिको नारा दिएको भन्दै उनले अहिले लगानी सम्मेलनमा प्रधानमन्त्रीले नयाँ शब्द ल्याएको बताए।
'कुमारी भूमि'मा लगानी देशका मान्छेले गर्ने की विदेशीले?
'प्रधानमन्त्रीले आफ्नो कुरा मात्रै गर्नुहुन्छ कुरामा गर्ने हो भने उहाँले नेपालमा विकास कहाँ पुर्याउनुभयो? पानीजहाज, रेलगाडी कुदाइसक्नु भो, अहिले लगानी सम्मेलनमा नयाँ शब्द ल्याउनुभा छ- भर्जिन ल्याण्ड। कुमारी भूमिमा लगानी देशका मान्छेले गर्ने कि विदेशीले? उनले प्रतिप्रश्न गरे।
नेपालको प्रगतिका लागि प्राथमिकता स्वदेशी लगानीलाइ दिनुपर्ने भन्दै उनले बिदेशीलाइ मात्रै बोलाएर विकास र समृद्धि नहुने उनको भनाइ थियो।
नेपालको विकास र समृद्धिका लागि विरोधका स्वर सरकारले समाधान गर्नुपर्ने उनको सुझाव छ।
तानाशाही बाटोमा सरकार
सरकार दुई तिहाइको दम्भ बोकेर तानाशाही बाटोमा हिडेको आरोप उनले दाहोर्याए। सरकारले गरेका पछिल्ला ३ वटा घटनाले त्यसलाइ पुष्टि गरेको उनको दाबी छ। रेशम चौधरी, सिके राउत र नेकपा विप्लव प्रकरण गरी तीन वटा घटनामा सरकारको स्पष्ट जवाफ मागे।
दुइतिहाइ दम्भ बोकेको सरकार फासिवादी बाटोमा प्रवेश गरेको उनको दाबी छ।
क्लaका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा तथा प्रदेश सदस्य कपिल ज्ञवालीले संचालन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।