काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला पुनः जिल्ला भ्रमणमा निस्केका छन्। केही दिनअघि मात्र बाँके बर्दिया, दाङलगायतका जिल्ला भ्रमण सकेर राजधानी फर्किएका महानमन्त्री डा कोइराला शनिबारबाट फेरि जिल्ला भ्रमणमा निस्किएका हुन्।
महामन्त्री कोइराला पाँच दिने जिल्ला भ्रमणका लागि निस्किएको स्वकीय सचिव भरत तिवारीले बताए। 'डा.कोइराला पाँच दिने भ्रमणका क्रममा आज गुल्मी पुग्नुहुनेछ। गुल्मीमा पार्टीको जिल्ला सम्मेलनमा सहभागी हुनुहुनेछ,' उनले भने, 'जिल्ला सम्मेलनमा सहभागी हुनका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु पनि गुल्मी पुगेका छन्।
कोइराला भने गुल्मीको सम्मेलनपछि १८ गते पाल्पामा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको छ। चैत १९ गते स्याङजाको वालिङमा गएर कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने छन् भने सोही दिन पर्वतको हुवासमा शिक्षक भेलालाई सम्बोधन गर्नेछन्।
महामन्त्री कोइराला चैत २० गते काठमाडौं फर्कने कार्यक्रम छ।
कोइरालाको साथमा केन्द्रीय सदस्य दीपक गिरि, सरिता प्रसाईं तथा रोल्पा जिल्ला सभापति अमरसिंह पुनः पनि जिल्ला भ्रमणमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।